पाल्पा । नेपाल कम्युनिस्ट पार्टी पाल्पाको जिल्ला इन्चार्जमा तुलाराम घर्ती (बसन्त)जिम्मेवारी दिने सहमति गरेको छ । सोमप्रसाद पाण्डेयले सहइन्चार्जमा जिम्मेवारी दिने सहमति गरेको छ । घर्ती पूर्व नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन भने पाण्डेय पूर्व नेकपा एमालेका केन्द्रीय सदस्य हुन ।

केही दिनअघि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले साविक कमिटीका जिल्ला इन्चार्ज र सहइन्चार्जलाई नै जिम्मेवारी दिने सहमति गरेका हुन् । फाँडफाँटअनुसार एमालेले ४४ जिल्ला लिएको थियो भने पूर्वमाओवादी केन्द्रको भागमा ३३ जिल्ला परेको थियो । एमालेले अध्यक्ष पाएको जिल्लामा माओवादी केन्द्रले सचिव लिएको थियो ।

अहिले इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउँदा एमालेले नेतृत्व लिएको जिल्लामा माओवादी केन्द्रको इन्चार्ज र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेले इन्चार्ज लिने सैद्धान्तिक समझदारी भएको छ ।

यी हुन् इन्चार्ज र सहइन्चार्ज

प्रदेश ५

रोल्पा इन्चार्ज शेरबहादुर केसी (पूर्वएमाले)
सहइन्चार्ज दीपेन्द्र पुन (पूर्वमाओवादी केन्द्र)
रुकुम पूर्व इन्चार्ज शेरबहादुर केसी (पूर्वएमाले)
सहइन्चार्ज तेजबहादुर वली (पूर्वमाओवादी केन्द्र)
प्युठान इन्चार्ज कृष्णध्वज खड्का (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज खेममान खड्का (पूर्वएमाले)
अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खड्का (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज नजिर मियाँ (पूर्वएमाले)
गुल्मी इन्चार्ज दिनेश पन्थी (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज रामनाथ ढकाल (दिवंगत) (पूर्वएमाले)
पाल्पा इन्चार्ज बसन्त घर्ती (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज सोमप्रसाद पाण्डेय (पूर्वएमाले)
नवलपरासी इन्चार्ज एमाले
सहइन्चार्ज घनश्याम यादव (पूर्वमाओवादी केन्द्र)
रुपन्देही इन्चार्ज हकिकुल्ला खाँ (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज भोला गिरी (पूर्वएमाले)
कपिलवस्तु इन्चार्ज भानु श्रेष्ठ (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज खिमलाल भट्टराई (पूर्वएमाले)
दाङ इन्चार्ज जीवन गौतम (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज मेटमणि चौधरी (पूर्वएमाले)
बाँके इन्चार्ज दिनेशचन्द्र यादव (पूर्वएमाले)
सहइन्चार्ज महेश्वर गहतराज (पूर्वमाओवादी केन्द्र)
बर्दिया इन्चार्ज राजबहादुर बुढा (पूर्वएमाले)
सहइन्चार्ज तिलकराम शर्मा (पूर्वमाओवादी केन्द्र)

तपाईको प्रतिक्रिया