पाल्पा । वर्षाका कारण पाल्पाका अधिकाँश ग्रामीण सडकमा सवारी चल्न सकेका छैनन । अविरल वर्षा कारण सडकमा खाल्डो तथा पहिरोका खस्दा यातायातका साधन सञ्चालनमा समस्या भएको हो ।
जिल्लाको पूर्वी भेगको पूर्वखोला र बेलडाडामा सडक अवरुद्ध भएपछि यातायातका साधनहरु सञ्चालन हुन नसक्दा यात्रुहरु पैदल हिडन बाध्य भएको पूर्वखोला गाउँपालिकाका सुचना अधिकारी मोहन ढकालले बताए ।
पश्चिमको रैनादेवी छहरा गाउँपालिकाको सोमादी, भुवनपोखरी लगायतको सडकमा पहिरो खसेर सवारी चल्न नसकेको स्थानीय माधव भण्डारीले बताए ।
सडक अवरुद्ध भएपछि स्थानीयबासिन्दालाई सदरमुकामसम्म आउन समस्या भएको छ । सडक अवरुद्ध हुदाँ विशेषगरी विरामीलाई अस्पताल पुर्याउन र सरकारी काम काजका लागि समस्या हुने गरेको स्थानीयको भनाई छ ।