
पाल्पा । ब्रेन ट्युमर भएर उपचार गराइरहेका पाल्पा बगनासकाली गाउँपालिका ८ का हरि भुसालका लागि कोरियाबाट आएको सहयोग रकम हस्तान्तरण गरिएको छ ।
पत्रकार डेभिड पाण्डेयले बिरामी हरिको छिमेकी मोतिलाल बस्याल, कृष्ण भुसाल, गणेश बस्याल लगायतको उपस्थितिमा १ लाख ३ हजार ६ सय ५० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् । हरि भुसाल बिगत दुईमहिनादेखि उपचाररत छन् ।
पारिवारिक स्थिति कमजोर भएका भुसाललाई रोजगारिका लागि कोरिया पुगेका नेपालीले सहयोग गरेका हुन । भुसालको दुई पटक अप्रेशन भईसकेको छ भने नियमित रुपमा स्वास्थ्य परिक्षण गरिरहनु पर्ने परिवारले जनाएको छ । बिरामी भुसालका श्रीमती, आमा र ३ छोरी छन् ।
झण्डै दुई महिना वीर अस्पतालमा उपचार गराएका भुसालको पारिवारिक स्थिती कमजोर भएको थाहा पाएपछि पत्रकार डेभिडले अस्पताल नै पुगेर सहयोगको अपिल गरेको समाचार तथा भिडियो प्रकाशन/प्रशारण गरेका थिए ।
त्यही भिडियो र समाचारलाई आधार मानेर बग्नासकाली गाउँपालिकाका रुपेश घिमिरे, किसन गैरे, डम्बर घिमिरे, ईन्द्र गाहा, रविन बुढाथोकी, नेत्र बुढाथोकी, मोती बहादुर गाहा लगायतले हरि भुसाल बचाउँ अभियान संचालन गरेका थिए ।
सोही अभियानबाट जम्मा भएको रकम डेभिडले बिरामी हरिको घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।