
पाल्पा । पाल्पामा चार साहित्यकार सम्मानित भएका छन् । साहित्यका माध्यमबाट पाल्पाको विकासमा योगदान पु¥याउने चार व्यक्तित्वहरु सम्मानित भएका हुन ।
शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान, नेपालले दार्शनिक साहित्यकार जगतबहादुर जोशीको ९३ औं जन्म जयन्ती समारोहमा लक्ष्मीपिय जगतबहादुर जोही स्मृति पुरस्कार २०७६ का अवसरमा सम्मान गरिएको हो ।
राजनैतिक र साहित्य, शिक्षण र साहित्य लगायतका क्षेत्रबाट पाल्पाका समग्र विकासमा योगदान छ । सम्मानित हुनेहरु पाल्पा दोभानका राजनितिज्ञ चक्रब्युह थापा, त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक युवराज पौडेल, तानसेनका गोपीकृष्ण शर्मा, तानसेन असनटोलका प्रकाश प्रधानाङग रहेका छन् ।
थापाले गुरास मुस्कुराइरहेको छ र संकल्प नाम उपन्यास प्रकाशित छ । पौडेलका साहित्य सम्वन्धि लेख तथा कविताहरु प्रकाशित छन् भने शर्माका साहित्य क्षेत्रमा १३ ओटा गन्थ्र प्रकाशित रहेका छन् ।
प्रधानाङगका आधा दर्जन नेवारी र दुई ओटा नेपालीमा नाटक प्रकाशित रहेको छ । सम्मानित हुने दुई जना थापा र पौडेल प्रतिष्ठानका अध्यक्ष र कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्रद्दारा सम्मान गरिएको थियो । प्रकाश प्रधानाङगका आफन्त बजेन्द्र प्रधानलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
शर्माको विशेष कारणले उपस्थिति हुन नसकेको आयोजकले जनायो । अग्रज साहित्यकार कृष्ण प्रसाद कोइरालाले साहित्य क्षेत्रबाट मुलुकको परिर्वतन सम्भव रहेकोले साहित्य क्षेत्रमा अझै शसक्त रुपमा कलम चलाउन आवश्यक रहेको बताए ।
सम्मानित हुने थापा र पौडेलले आफुलाई सम्मानित हुने मौका प्रदान गर्ने सबैलाई धन्यवाद सहित परिवर्तनका लागि साहित्य आवश्यक रहेको बताए । कार्यक्रमको सञ्चालन सचिव चोलाक्रान्ता न्यौपाने र संस्थाका अध्यक्ष पुष्करराज रेग्मी अध्यक्षता, कार्यक्रम स्वागत उपाध्यक्ष, रोहित ज्ञवाली र सदस्य भोजराज भटटराईको सम्मानितको जीवनीमाथि प्रस्टाएकाक थिए ।