तिनाउ गाउँपालिकाको खेतीयोग्य जमिनमा सिचाईको पहुँच विस्तारमा

पाल्पा । तिनाउ गाउँपालिकाले उत्पादन बढाउन खेती योग्य जमिनमा सिचाईको सुविधा बढाउन थालेको छ । चालु आव २०७६।०७७ देखि कृषि योग्य जमिनमा करिब छ सय हेक्टर क्षेत्रफलमा सिचाईको पहुँच बढाउदै अन्नवाली उत्पादनमा वृद्धि गर्ने योजनामा जुटेको छ ।

गाउँपालिका क्षेत्रभित्र सात हजार १ सय १७ हेक्टर क्षेत्रफल कृषि खेती योग्य जमिन रहेको छ । जस मध्य बाह्रै महीना सिचाईको सुविधा भएको एक हजार ८ सय सात हेक्टर, वर्षायाममा मात्रै सिचाई हुने क्षेत्र तीन हजार ५ सय २५ हेक्ट र जमिन छ । आकाशे भरमा पनि पहाडी जिल्ला पाल्पामा सिचाई हुदैँ आएको छ । एक हजार सात सय ८५ हेक्टर क्षेत्रफलमा आकाशे पानीका भरमा सिचाई गर्न किसानहरु बाध्यता हटेको छैन ।

वर्षा नहुदाँ पानीको अभाव किसानले अन्नवाली उत्पादनमा समस्या पैदा हुँदै आएको किसानको गुनासो छ । सिचाई सुविधा प्रयाप्त र भरपर्दो नहुँदासम्म कृषि उत्पादनमा वृद्धि गर्न समस्या हुने देखेर तिनाउ गाउँपालिका आगामी ५ वर्षको अवधिसम्म चारसय हेक्टर जमिन सिचाईको पहुँच विस्तार गर्न लागेको हो ।

तिनाउ गाउँपालिकाक अध्यक्ष ओमबहादुर घर्तीले गाउँपालिका क्षेत्रभित्र रहेको कचलफाँटको ३ सय हेक्टर, ओखलढुंगाको जुकेफाँट, झयांगलाफाँटको एक हेक्टर, माराबास बडरेको ५० हेक्टर कृषि उत्पादन क्षेत्रमा सिचाईको पहँुच विस्तार गरी कृषि उत्पादनमा वृद्धि गर्ने  बताए ।

कचलफाँटको १३ करोड लगानीमा सञ्चालित आयोजना करिब दुईवर्ष सम्पन्न गर्ने योजना छ । जसमध्य पाँच करोड बजेट खर्च भइसकेको छ । १ करोडमा लगानी ओखलढुंगाको जुकेफाँटमा सञ्चालित सिचाई आयोजना यस आव सम्पन्न हुने गाउँपालिका अध्यक्ष घर्ती मगरले   बताए ।
माराबाँस बडेरमा सञ्चालित आयोजना ५० हेक्टर जमिन सिचाई सुविधा हुने छ । पहिला केन्द्रीय स्तर सिचाइका लागि बजेट प्राप्त हुँदै आएकोमा अहिले प्रदेश सरकार अन्तरगत बजेट प्राप्त भइरहेको छ ।

केन्द्रीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा बाह्रै महिना सिचाईको सुविधा पुु¥याउन गरी बजेट व्यवस्था गरिने गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले  बताए । निर्माणधिन आयोजनालाई निर्माण कार्य छिटो छरितो रुपमा सम्पन्न गर्न र थप आयोजनाको पहिचान गरी सम्भाव्यता अध्ययन सहित आयोजनाको छनौट तथा कार्यान्वयन गर्ने नीति गाउँपालिकाको प्रवक्ता श्रेष्ठको भनाई छ ।

गाउँपालिकाले ठूला फाँटको सिचाई योजना सम्पन्न गर्न प्रदेश तथा केन्द्र सरकारसँग माग गर्ने र साना सिचाईको योजना स्थानीय तहबाट सञ्चालनमा सहयोग गर्ने कार्यक्रम रहेको छ । गाउँपालिकाले चालु आवमा ३४ ओटा साना सिचाईका आयोजनाहरु सञ्चालन गर्नुेपर्न बजेटको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष घर्तीले  बताए ।

गाउँसभाद्दारा यस आवमा सञ्चालित साना सिचाईका योजनाहरुमा डुम्री पिपल कुचो निर्माण, माथिल्ला जलके कुलो, सिमलपानी कुरकुरे पाइप खरिद, कठहरा माथिल्लो कुलो निर्माण, ठूलो खेर बर्रे सिचाई, रुनिया, गणेशटोल, घोडेबास, उटुवा, भुताह, बगाहा माथिल्लो पाल्टे लगायतका रहेका छन् ।

किपट खेत, खानेपानी तथा सिचाईको पाइप खरिद, दुमै तल्लो सिचाई, बेल दमार कुलो, बेरुवा कुलो, अर्घाछाप डुडैगैरा, लामेदमार कुलो हुसेघाट, मुक सताक, खहरेखोला, दिगांतुङ आफरे, केराबारीडाडा, केराबारी तल्लो, फिलिम्दी, बारीखेत, भर्ले खेत, चौविस माइल, बटुले खेत सिस्नेखोला, रिपाहा झयालाफाँट, रिपाहा बाजखरक सान सिचाई आयोजना यस आवमा सञ्चालन हुने छन् ।

गाउँपालिकाले चालु आवमा सिचाईमा लागि करिब ५५ लाख बजेट विनियोजन गरिएको छ । खेती योग्य जमिनमा सिचाई पहुँच विस्तार गरी कृषि उत्पादन वृद्धि गर्ने कार्यक्रम गाउँपालिका ल्याएको छ । कृषि उत्पादन योग्य जमिन सिचाईको अभावमा अनुत्पादक क्षेत्रमा रुपमा बदलिएको थियो । जसका कारण अन्नवाली उत्पादनमा कमी हुँदा स्थानीयबासिन्दाहरु खाद्यका लागि परनिर्भर बन्दै गएको पाइन्छ ।

प्रयाप्त सिचाईका सुविधा विस्तार र व्यवसायिक कृषि उत्पादन युवा पूस्ताको आकर्षण बन्न सकेको अवस्था स्वदेशमा स्वरोजगार र रोजगारका सम्भावना बढ्ने र कृषिमा परनिर्भरता हटाउन सम्भव छ ।

तपाईको प्रतिक्रिया