रिब्दीकोटको लघुवामा ७३ घरधुरीमा खानेपानी पहुँच

पाल्पा । रिब्दीकोट गाउँपालिका–२, लघुवामा ७३ घरधुरीमा खानेपानी पहुँच पुगेको छ । खानेपानीको अभाव खेपेका यहाँका स्थानीयबासिन्दाले स्वच्छ खानेपानी पिउन पाउने भएपछि खुसी बनेका हुन । गत आवको असार महिनामा खानेपानीको आयोजना सम्पन्न भएको हो ।

नेपानीको आयोजना सम्पन्न भएपछि स्थानीयबासिन्दा पानीका लागि समय खेर फाल्नुपर्ने बाध्यता हटेको स्थानीयबासिन्दा बताउछन् ।
नेपाल सरकार एक घर एक धाराको नीति छ । रिब्दीकोट गाउँपालिकाले एक घर एक धाराको नीति अनुसार रिब्दीकोट गाउँपालिका–२, लघुवामा खानेपानीका धारा जडान गरिएको हो । प्रत्येकका घरमा खानेपानीका धारा जडान गरिएको र ती धारामा पानी आउन थालेपछि स्थानीयबासिन्दाका लागि समयको बचत हुन थालेको छ ।

नागरिकको सफा रहन पाउने र स्वच्छ खानेपानी पिउन पाउने अधिकारबाट कोही पनि बञ्चित हुन नपर्ने गरी गाँउपालिकाले काम गरेको छ । खानेपानीको समस्या रहेका बस्ती बजेट विनियोजन गरी प्रमुख प्राथमिकतामा राखेर खानेपानीको समस्या छिनोफानो गरिने गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीले बताए । लघुवाबाट यो कार्यक्रमको थालनी गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिशिले बताए ।

गाउ पालिकाले निति नै बनाएर एक घर एक धारा कार्यक्रम अन्तरगत भैरवस्थान कुसुमखोला, पालुङ्गमैनादी, फेक लगायत सबै वडामा लिफ्ट मार्फत खानेपानीको ब्यवस्था गर्न बजेट बिनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिषीराम र्अर्जेलले बताए ।

रिब्दीकोट गाउँपालिकाले आगामी पाँच वर्षको अवधिका खानेपानीका समस्या रहेकामा खानेपानीको पहँुच विस्तार गर्ने योजनाका साथ आयोजनाका काम अघि बढाएको छ । घरघरमा खानेपानीको पहुँच विस्तार गरेसँगै स्थानीय सरकारको प्रशंसा हुन थालेको पाइन्छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer