
पाल्पा । तिनाउ गाउँपालिकाको दोभानमा पुष्पलाल सम्झनामा वृक्षारोपण गरिएको छ ।
नेकपा, तिनाउ गाउँपालिका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षता र नेकपाका केन्द्रीय सदस्य तुलाराम घर्ती बसन्तको अगुवाईमा दोभानमा वृक्षारोपण गरिएको हो ।
नेकपा तिनाउ गाउपालिकाका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्ष्तामा केन्द्रीय सदस्यीय तथा प्रदेशसभाका माननीय सांसद तुलाराम घर्तीको प्रमुख आतिित्थ्यतामा भएको कार्यक्रममा जिल्ला सचिव गिर बहादुर थापा, प्रदेश सदस्यीय चक्रब्यूह थापा र ,कार्यालय सदस्यीय ओम बहादुर घर्तीले कामरेड पुष्पलालको योगदानको चर्चा गरेका थिए।