पाल्पा । पाल्पामा मोटरसाइकल पोल्टिदा एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ३ श्रीडाडामा तीव्र गति रहेको मोटरसाइकल नियन्त्रणमा ल्याउँन नसक्दा दुर्घटना हुन पुगेको हो । दुर्घटनमा परी घाइतेको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा तिनाउ गाउँपालिका ३ का ३१ वर्षीय बुद्ध बहादुर दर्लामी रहेका छन् ।
दोभान प्रहरी चौकीका प्रहरी हल्लदार सुरज श्रेष्ठका अनुसार दोभानबाट श्रीडाडातर्फ कच्ची सडकमा जादै गरेको लु ४५ प ७८१२ नम्वरको मोटरसाइकल नियन्त्रणमा ल्याउँन नसक्दा दुर्घटना हुन पुगेका आफै अनियन्त्रित हुँदा मोसा चालक दर्लामी घाइते भएको प्रहरीको दावी छ । घाइतेको उपचारका क्रममा तानसेनस्थित लुम्विनी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीको भनाई छ ।
पाल्पामा पछिल्ला वर्षमा मोटरसाइकल नियन्त्रण ल्याउन नसक्दा बढी दुर्घटना हुन थालेको छ । जसका कारण अकालमा ज्यान गुमाउन बाध्य बनेका छन् । गतवर्ष पाल्पा तानसेन नजिकै विन्दावन नजिक स्कुटी नियन्त्रत्रण ल्याउन नसक्दा एक किशोरीले ज्यान गुमाउनु परयो ।
त्यसैगरी पाल्पाको सराई क्षेत्रमा मोटरसाइकल नियन्त्रण बाहिर जादा पाल्पा तानसेनका किशोरको मृत्यु भएको थियो । मोटरसाइकल तीव्र गति चलाउदा नियन्त्रण ल्याउन नसक्दा दुर्घटना बढ्दो छ ।