पत्ररकारलाई धम्काउने पोखरेलद्दारा प्रशासनमा माफी

पाल्पा । पाल्पाको लुम्विनी मेडिकल कलेज प्रवासमा समाचार संकलनमा खटिएका पत्रकार कमल अधिकारीलाई दुरव्यवहार गर्ने व्यक्तिले जिल्ला प्रशासन कार्यालय पाल्पामा माफी मागेर गल्ती नदोहोराउन गरी सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत हुम बहादुर पाण्डेय, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्याल लगायतका पत्रकारको उपस्थितिमा रैनादेवी छहरा गाउँपालिका २ सोमादीका भेषराज पोखरेलले अब देखि यस प्रकारको गल्ती नगर्ने गरी सहमती जनाएका हुन ।

गत साेमबार  जीवीत अवस्थामा रहेको महिलालाई दाहसंस्कारका लागि घाटमा लगिएको थियो । सो घटना थाहा भएपछि गत साउन ८ गते मानवअधिकारकर्मी र पत्रकार अधिकारीको टोली लुम्विनी मेडिकल कलेजमा समाचार संकलनका लागी पुगेका थिए ।

अस्पताल क्षेत्रको भिडियो खिच्ने क्रममा क्यामेरा फुटाल्ने र अनेक शब्द प्रयोग गरी पोखरेलले धम्काएको खबरले जिल्लामा चर्चा पाएको थियो । उनी शिक्षक पेशामा रहेपनि अावेसमा पत्रकारमाथि दुरव्यवहार गरेकामा  पोखरेललाई अहिले पछुतो लागेको बताए ।

पछिल्ला समयमा पत्रकारमाथि आक्रमण, धम्की लगायतका दुरव्यवहार रोकिएको छैन । केही महिना अघि नेपाल पत्रकार महासघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्याल र विजय बौडेलमाथि हातपात भएको थियो ।

आर्थिक रुपमा सम्पन्न, राज्यका प्रशासनिक निकायमा आफुना पहुँच भएका र राजनीतिक दलको खोल ओडेर पत्रकारमाथि सुनियोजित आक्रमण भएको छ ।

पत्रकार र पत्रकारिकता क्षेत्रमाथिको आक्रमण हुनु दुःखद पक्ष रहेको नेपाल पत्रकार महासघ पाल्पा शाखा अध्यक्ष राजेश कुमार अर्यालले बताए । पटक पटक यस प्रकार घटना नरोकिएमा कडा रुपमा प्रस्तुत हुन बाध्य हुने अर्यालको भनाई ।

तपाईको प्रतिक्रिया