पाल्पा । तानसेन नगरपालिकाले नगर क्षेत्रलाई हरियाली बनाउन अभियानमा सेनाले सहयोग गरेको छ । पछिल्ला वर्ष पाल्पा सदरमुकाम तानसेनमा आवासका भवन निर्माण गर्दा हरियाली हराउदै गएको हो ।
तानसेन नगरपालिकाले खाली रहेका सार्वजनिक क्षेत्रलाई विरुवा रोपेर फेरी तानसेनलाई हरियाली बनाउन थालेको छ । शनिबार तानसेन नगरपालिका र गोरखदल गण तानसेनको अग्रसरतामा टुडिखेल सेरोफेरोमा वृक्षारोपण गरिएको तानसेन नगरपालिका प्रेस सल्लाहकार गोविन्द भटटराईले बताए ।
नगर प्रमुख अशोककुमार शाहि, प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले र गण प्रमुख सुरज थापाद्वारा वृक्षारोपण गरी हरियाली तानसेनको सुरुवात गरिएको हो । सेनाले हरियाली बनाउने अभियानलाई निरन्तर रुपमा सहयोग गरे तानसेनको हरियाली जोगाउन सकिने स्थानीयबासिन्दाको भनाई छ ।