कर शिक्षाको ब्यापक विस्तारमा जुट्यो करदाता सेवा

सुनिल कार्की
पाल्पा । कर शिक्षाको अभावलाई पुर्ति गर्न करदाता सेवा कार्यालय पाल्पाले कर शिक्षा कार्यक्रमलाई तिव्रता दिएको छ । कर सचेतनाको कमीले समस्या झेल्नु पर्ने बाध्यको अन्तय गर्न कर शिक्षा कार्यक्रमलाई विस्तार गरिएको हो ।

करदाता सेवा कार्यालय पाल्पाले आफ्नो सेवा क्षेत्र भित्र पर्ने गुल्मी जिल्लामा कर शिक्षा एवं अन्तक्रिया कार्यक्रम सञ्चालन गरेको छ । करको दायरामा धेरै भन्दा धेरै उद्योगी, व्यवासायी र व्यापारीलाई समेट्न कर शिक्षा कार्यक्रमलाई गुल्मी जिल्लामा पनि सञ्चालन गरिएको करदाता सेवा कार्यालय पाल्पाका प्रमुख सागर पोख्रेलले बताउनुभयो ।

करका विषयमै अझै गलत र भ्रम रहेकोले त्यसलाई चिरी करको दायरामा आउँदा हुने फाईदाका विषयमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको प्रमुख कर अधिकृत पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले कर प्रतिको गलत बुझाइले धेरै जना उद्योगी, व्यापारि र सरोकारवला करको दायरमा आउन नसकेको भन्दै करदाता सेवा कार्यालय पाल्पाले गुल्मीमै आएर दिएको कर शिक्षाले करको दायरमा आउन फाइदा पुग्ने बताउनुभयो ।

गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकाम तम्घासमा आयोजित कर शिक्षा सम्बन्धी अन्तरक्रिया एव छलफल कार्यक्रममा गुल्मी जिल्लाका एक सय बढी उद्योगी,व्यापारि,ब्यवसायि र सरोकारवलाको सहभागिता रहेको थियो । कार्यक्रममा गत श्रावण एक गतेदेखि लागु भएका विभिन्न करका दर तथा दायराको विषयमा बृहत छलफल भएको थियो ।

कार्यक्रममा सहभागीहरुले करका बिषयमा विभिन्न जिज्ञासाहरु समेत राखेका थिए । उठेका जिज्ञासाहरुको कर सेवा कार्यालय पाल्पाका प्रमुख कर अधिकृत सागर पोख्रेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षता र महासचिव तारा प्रसाद भुसालको सञ्चालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया