पाल्पा । धार्मिक तथा बैज्ञानिक दृष्टिकोण महत्वपूर्ण पिपल संरक्षणमा जुटेका छन् । धार्मिक तथा बैज्ञानिक दृष्टिकोणबाट पिपलको महत्व प्रचारप्रसार भएपछि पिपल रोपिएका छन् । रिब्दीकोट गाउपालिकाले ऐतिहासिक, धार्मिक तथा पर्यावरणीय दृष्टिकोणले महत्व पूर्ण क्षेत्र जलेश्वरमा पिपलको विरुवा रोपिएको छ ।
रिब्दीकोट गाउँपालिका ५ कुसुमखोलास्थित जलेश्वर क्षेत्र आसपासमा १०८ भन्दा बढी पिपलको विरुवा रोपिएको हो । धार्मिक तथा बैज्ञानिक रुपमा पिपलको महत्व सम्वन्धि ज्ञान अभिवृद्धि भएपछि पिपल जलेश्वर मन्दिर क्षेत्रमा पिपल रोपेर हरियाली बनाउन गाउँपालिका जुटेको हो । गाउँपालिका अध्यक्ष नारायण जीसीका अनुसार धार्मिक तथा बैज्ञानिक महत्व पिपलको रुखमा रहेकोले जलेश्वर मन्दिर क्षेत्रमा पिपल रोपिएको बताए ।
हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ । हाम्रै घर वरपर उम्रेका बनस्पतिमाहरुमा मनिषलाई मृत्यु सम्म डोर्याउने अनगिन्ति रोगहरुलाई रोकथाम तथा पूर्ण रुपमा निर्मूलन गर्ने क्षमता हुन्छ । हामीले बुझ्न मात्र नसक्या हो नत्र भने हरेक रोग हामी आफैले निको पर्न सक्छौ ।