दोभानका प्रतिघर पाँच फलफूलका बिरुवा वडाको उपहार

पाल्पा । तिनाउ गाउँपालिका–२, दोभानमा व्यवसायिक फलफूल खेतीका लागि निःशुल्क विरुवा वितरण गरिएको छ । वडाबासीको आयआर्जन वृद्धि गर्न प्रतिघर फलफूलका विरुवा रोपिन थालिएको हो । प्रत्येक घरमा पाँच ओटा फलफुलको विरुवा रोपेर आयआर्जनमा वृद्धि ल्याउन फलफूलका विरुवा वितरण गरिएको हो ।

बस्ती आसपासका क्षेत्रमा हरियाली बनाउने अभियानसँग आयआर्जनमा सहयोग पुग्ने उद्देश्यका साथ वडा केन्द्रीत बनेको छ । वडाका ८ सय १८ घरपरिवारलाई पाँच ओटाका दरले विरुवा वितरण गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताए । वडाभित्र बसोबास गर्नेहरुले पहिलो चरणमा पाँच ओटा विरुवा निःशुल्क प्रतिघर वितरण गरिएको हो ।

स्थानीयबासिन्दा, दिनेश जीसीले वडाबाट निःशुल्क फलफूलका विरुवा पाएपछि आफूलाई खुसी लागेको बताए । खाल्डो खनेर लिची, कागती र आप रोपेको छु । केही वर्षमा फल फल्छ, त्यसपछि आम्दानीको स्रोत वृद्धि हुनेपछि स्थानीयबासिन्दा हरिकला कुमाल पनि खुसी छन् ।

दोभानका वृद्धि बहादुर दर्नालका अनुसार खाली रहेको जग्गामा कागतीका विरुवा रोपिएको छ । खाली जग्गालाई उपयोग गरी हरियालीसँग फलफूल खेतीका लागि ठूलो प्रोत्साहन हो । वडाले चालुआवमा चार लाख बजेट विनियोजन गरी व्यवसायिक फलफूूल खेती गर्न वडाबासीलाई अनुदानमा विरुवा वितरण गरिएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका व्यवसायिक कागती, लिची, आपका लागि उपयुक्त क्षेत्र मानिएको छ । चुरे क्षेत्र रहेको यस रहेकोले करिब पाँच वर्षको अवधिमा फलफूलका विरुवाबाट आम्दानी लिने सकिने श्रेष्ठको भनाई छ ।

आर्थिक वर्ष २०७६।०७७ सालको कार्यक्रम साउन महीनामा कार्यान्वयनमा ल्याएका छन् । फलफूलका विरुवा लगाउन साउन महीना उपयुक्त हुने भएपछि कृषि शाखाको सहयोगमा खाल्डो खन्ने र विरुवा रोप्न सिकाइएको छ । डिभिजन वन कार्यालय, वडा कार्यालय र कृषि शाखाको समन्वयमा विरुवा वितरण गरिएको हो ।

तिनाउ गाउँपालिकाका क्षेत्र रुपन्देही जिल्लाको बुटबल उपमहानगरपालिकासँग जोडिएको क्षेत्र हो । यस क्षेत्रमा उत्पादित कृषि अन्नवालीका लागि बजारको समस्या छैन । यस क्षेत्रमा उत्पादित तरकारी तथा फलफूल बुटबल क्षेत्रका किसानहरुले बेचेर घर फर्किन्छन् ।

तिनाउ क्षेत्र कृषि उत्पादनको लागि उर्वर भूमि हो । कृषिबाट आत्मनिर्भर नभएरसम्मका लागि दैनिक खाद्य पदार्थमा बाह्य निर्भरतामा रहनु पर्ने बाध्यता हुन्छ । बाह्य निर्भरतालाई हटाउन र नागरिकको आर्थिक उन्नति गर्न कृषि उत्पादनलाई विशेष कार्यक्रम ल्याएको हो ।

वडाभित्रका सबै घरपरिवकारको आयआर्जनमा वृद्धि गर्ने हुनेछ । सबैलाई निःशुल्क विरुवा रोपेर हरियालीसँग आयआर्जनमा टेवा पुग्ने हुदाँ यो कार्यक्रम प्रशंसनीय रहेको नमुना टोल विकास समितिका अध्यक्ष मोहन बहादुर विकले बताए । तिनाउ गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा कृषि ६० लाख र पशु विकास कार्यक्रममा ४० लाख बजेट विनियोजन गरेको हो ।

तिनाउका दोभान, मस्याम, झुम्सा, कोलडाडा, सत्यवती, ओखलढुङ्गालाई तरकारी उत्पादन क्षेत्र, ओखलढुङ्गालाई माहुरी पालन, अम्रिसो क्षेत्र, सत्यवती, चौकीभञ्याङ्ग, कोलडाडा क्षेत्रलाई तेजपात र केरा उत्पादन क्षेत्रका रुपमा विकास गर्ने कार्यक्रम ल्याएको छ ।

गाउँसभाले लगाड र मस्यामको उपल्लो क्षेत्रलाई कफी खेतीको सभावना रहेकोले त्यसलाई प्रवद्र्धन गर्दै जाने कचल फाँटमा सिचाईको केन्द्रीय आयोजना सम्पन्न भएपछि अन्न भण्डारको रुपमा विकास गर्ने पूर्वधार निर्माणका कार्यहरु संचालन गर्ने जसका लागि गह्रा सुधार कार्यक्रम सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीको बताए ।

गाउँपालिकाले दोभान क्षेत्रमा माछापालनको सभावना रहेको हुँदा सम्भाव्य अध्ययन र परीक्षण परियोजना लागु गर्ने र लदुवा क्षेत्रलाई आलु तरकारी र काँक्रा उत्पादन क्षेत्र र भस्त खोला क्षेत्रलाई च्याउको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ गाउँपालिका अघि बढेको छ ।
आगामी वर्षदेखि धान र मकैको वीजवृद्धि कार्य परीक्षणका रुपमा सञ्चालन गर्ने, कृषि उत्पादनका लागि समुहगत रुपमा मिनीटिलर, थेस्रर वितरण गर्ने कार्यक्रमलाई निरतन्रता प्रदान गरिनेमा जोड दिएको छ । बेशी क्षेत्रमा आप लिची र केरा तथा दोभानको माराबाँस, बडहरे, गाउँपालिकाको माथिल्लो क्षेत्रलाई कागती पकेट क्षेत्रको रुपमा विकास गरिने छ । त्यसैगरी कृषिकलाई विभिन्न तालीमको र अनुदानको व्यवस्था छ ।

तपाईको प्रतिक्रिया