संरक्षित विशेष स्वायत्त क्षेत्र काेमामै छ: मन्त्री बराल

पाल्पा । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले संविधानमा लेखिएको विषयवस्तुलाई कार्यान्वयन गर्नमा आदिवासी जनजातिहरुले दबाब दिनुपर्ने बताएका छन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाल्पाले तानसेनमा आयोजना गरेको २५ औं विश्व आदिवासी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले संबिधान कार्यन्वयनमा सबैले सहयोग गर्न समेत अनुरोध गरे ।

संविधानमा लेखिएका कुरालाई कार्यन्वयनमा संघियतालाई कार्यन्वयनमा व्याकअप दिन नसक्नेहो भने कास्मिरको जस्तो अवस्था आउने उनले बताए । राजनीतिककर्मीहरुले आफ्नो ठाउँबाट गर्ने संघर्ष गरिरहेको बताउदै संविधानले व्यवास्था गरेको संरक्षित, विशेष स्वायत्त क्षेत्रहरुको अवधारणा अझै पनि कोमामै रहेको बताए । लामो संर्घषले गर्दा धेरै उपलब्धी हासिल गरेको उनले बताए ।

मन्त्री बरालले सबै जातजाति, धर्म समुदायका व्यक्तिहरुलाई पनि समेटेर अघि बढ्नुको विकल्प नरहेको बताउदै अधिकार प्राप्तीको आन्दोलन छाडेर पाएको अधिकारको कार्यन्वयनतर्फ लाग्न सम्पूर्ण आदिबासीहरुलाई आग्रह गरे ।

उनले प्रदेश पाच सरकारले बाह्रै वटै जिल्लामा रहेका जातजातिहरुको मातृभाषा संरक्षणको अभियान सुरु गरेको बताउदै सास्कृतिक सग्राहलय निर्माणको थालनी समेत सुरु भएको बताए । जुनजुन चरणमा जतिजति समुदाय नेपालमा आएको भएपनि ती सबैको अधिकार एउटै हो भन्ने कुरा बुझाउनुपर्नेमा उनले जोड थियो ।

 

कार्यक्रममा प्रदेश सांसदहरु स्थानीय तहका प्रमुखहरु तथा जिल्लाभरका आदिवासीहरुको सहभागिता रहेको थियो । पाल्पामा आदिवासी दिवसलाई विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा संचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया