
पाल्पा । तानसेन नगरपालिका–२, अशनटोलबाट विनु नेपाली दुई छोरालाई छाडेर हराइन । नेपाली हराएपछि दुई सन्तानले आमा नेपालीको सम्झनामा रोइरहेका छन् । गत असार २७ गते देखि नेपालीले दुई छोरा र श्रीमान छाडेकी हुन ।
जेठो छोरा १३ वर्षीय विश्वास नेपाली तानसेनको जनता माविमा कक्षा सातमा अध्ययनरत छन् । अर्का कान्छा छोरा समीर नेपाली अहिले ५ वर्षीय बालक हुन । कान्छोले तानसेनको बालमन्दिरमा कक्षा १ मा अध्ययनरत छन् । बुबा यम बहादुर नेपाली बस चालक हुन ।
श्रीमतिले घर छाडेर गएपछि आफुले बालबच्चा हुुर्काउनुपर्ने खाना पकाउनुपर्ने, गाडी चलाउनुपर्ने समस्या थपिएको छ ।“छोरो समीर कहिलकाली स्कुल जान मान्दैन, बाब मलाई छाडेर नजानुहोस भनेर रुन्छ,” नेपालीले भन्नुभयो, “मैले गाडीमै मसगै हिडालेको छु ।”
तानसेन नगरपालिकाक–११ बन्दीपोखराका यमबहादुर नेपालीको परिवार करिब दश बाह्र वर्षदेखि तानसेन बजार क्षेत्रमा बसोबास गर्दै आएका छन् । तर, पछिल्ला समय श्रीमतिले छाडेरपनि परिवारमा विचल्लीमा छ । ससाना बालबालिकाहरु ऋामाका माया पाउनबाट बञ्चित बनेका छन् ।
पछिल्ला वर्षमा परिवारको विचल्ली पारेर महिलाहरु हराउन दर बढ्दो छ । नेपाली एउटा प्रतिनिधि पात्र मात्र हुन । पाल्पा जिल्लामा आमा बनिसकेका महिलाहरु हराउन थालेपछि परिवार सदस्यहरु चिन्तित र दुःख पाउनु बाहेक अर्को विकल्प छ्रैन ।
साना बच्चा हुर्काउन आमा बाहेक बाबु कुनै हालतमा खुस छैन, प्राकृतिक हिसावले बच्चा हुर्काउन सजिलो छ । तर, पूरुषले बालबालिका हुर्काउन र भुलाउन सक्दैन, आधुनिक समाजका कारण नेपाली समाज महिलाहरु अर्का विवाह गरेर गएपछि पुरुषले बालबच्चा हुर्काउन बाध्य छन् । ती कलिला बालबालिकाहरु आमाको माया पाउनबाट बञ्चित छन् ।
पाल्पामा गत आव २०७५।०७६ सालमा १५३ महिला तथा बालबालिका हराएको हो । आमा बनिसकेका एक सय २० महिला, सात किशोर र २७ जना किशोरी हराएका हुन ।
आर्थिक वर्ष २०७४।०७५ मा १ सय ३० जना महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय पाल्पा अन्तरगत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको तथ्याकमा उल्लेख छ । दुई आव मध्ये २०७५।०७६ सालमा हराउनेको सख्या बढ्दो देखिएको हो । चालु आवको साउन महीनामा मात्र आठ महिला हराएको छ ।
वैदेशिक रोजगारमा गएका श्रीमान घरमा फर्किदा श्रीमति बढी मात्रामा हराउने क्रम रोकिएको छैन । हराएर दोस्रो विवाह गर्ने चलन पाल्पा लगायतका जिल्लामा बढ्दो रहेको छ । आर्थिक हिनाविना र शारीरिक सम्र्पकका कारण श्रीमान विदेशबाट घरमा फर्केन थाहा पाएपछि श्रीमतिहरु हराउने क्रम बढ्दो रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाको दावी छ ।
पारिवारिक समस्या तथा महिला हिंसाका कारण पनि महिलाहरु हराउन थालेपछि ससाना छोराछोरीमा बाल्यकालमा आमाको माया पाउनबाट बञ्चित छन् । साथीभाईको लहैहलैमा लागेर पनि महिलाहरु हराउदा बालबालिकाहरुलाई ठुलो समस्या भोग्न बाध्य बनेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायक उपरिक्षक कृष्ण राज सापकोटाका अनुसार आफन्तबाट फोटो, निवेदनका आधारमा मातहतका प्रहरी चौकी मार्फत खोजी कार्य गरी महिला भेटिएका छन् ।
प्रहरी कार्यालयलाई खोजी गरीदिनु अनुरोध गरी खोज्ने काम हुन्छ । फोन प्रयोग गर्नेहरुलाई जिल्ला अदालत पाल्पाको अनुमतिमा कल दिटेल आधारमा प्रहरीे अनुसन्धान गरी खोजी काम भइरहेको डिएपी सापकोटाले बताए ।
प्रहरीको सक्रियताका कारण हराएका व्यक्ति फेला पारी आफन्तजनलाई हस्तान्तरण गरिएको प्रहरीको दावी छ । आफन्तहरुलाई हस्तान्तरण गरिएका महिला तीन पटकसम्म हटाएका छन् । प्रहरीका अनुसार प्रहरीले खोजी आफन्तलाई बुझाएका महिलाहरुले पुन दोस्रो विवाह गर्ने हराउने गरेको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पा अन्तरगत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रहरी जवान बविता थापाले आर्थिक वर्ष २०७४।०७५ मा हराएका मध्य एक सय महिला, सात बालक, २४ बालिका भेटिएको बताइन । उनीहरुलाई आफन्तसँग बुझाउने काम समेत प्रहरीद्दारा हुन्छ ।
एक पटक हराएका महिलाहरु दोस्रो विवाह गरी गएको पाइन्छ । हराएका मध्य दश पन्ध जना मात्र पुरानो श्रीमानका घरसँग गएका छन् । अन्य महिलाहरुलाई माइतीसँग बुझाउन काम हुन्छ । माइतीलाई बुझाएका महिलाहरु पुन हराउने र दोस्रो विवाह गरी चलन पछिल्ला बर्षमा बढ्दो छ ।
आफन्त तथा माइतीसँग गएका महिलाहरु केही समय पछि पहिलो श्रीमानसँग सम्वन्ध विच्छेद गरी पुन ः दोस्रो विवाह गर्नेहरु बढ्दो छ । हराउनेहरुमा १८ देखि ३५ वर्षसम्मका बढी छन् । पयाप्त मात्रामा जनचेतनाको अभावमा किशोरीहरु समेत हराउने चलन पाल्पा बढ्दो छ । १५ वर्षदेखि २० वर्षका किशोरीहरु समेत हराउने र विवाह गरी हिड्न थालेपछि अभिभावकलाई समस्या खेपेका छन् ।
बच्चा हुर्काउदै हराउदै
पाल्पामा पहिलो पटक बच्चा जन्माइएकी महिलाले दुधे बालकलाई छोडेर हराउछिन् । प्रहरीको खोजीमा श्रीमान आई खोजतलासका लागि निवेदन दिने काम हुन्छ । प्रहरीले खोजेर ल्याउने काम भएपछि श्रीमानले बच्चाका हित सम्झेर श्रीमति लैजाछ । पुन दोस्रो सन्तान हुन्छ, श्रीमतिले दुई सन्तानलाई बिर्सिर फेरी हराउछिन् । श्रीमानले सन्तानका लागि घरमा ल्याउछन्, अर्को सन्तान हुन्छ, ती दुवै श्रीमान र श्रीमतिबाट तेसो सन्तान हुन्छ । बालबच्चा हुर्काछिन् र महिला फेरी हराछिन् । श्रीमान फेरी प्रहरी धाउछन् । प्रहरीले खोजी गरी फेरि श्रीमान र बालबालिकाको भविष्यका लागि घरका फर्किन्छन् ।
दुधे सन्तानलाई छाडेर हराउछन्
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार नौ दश महीना बालबालिका छाडेर महिलाहरु हराउने क्रम बढ्दो छ । जसका कारण बालबालिकाले आमाको माया पाउनबाट बञ्चित छन् । सामाजिक सञ्चाजका कारण महिलाहरु अरुसँग प्रेममा फसेपछि अन्य विवाहका लागि घरबाट हराउने क्रम रोकिएको छैन । आफन्तबाट प्रहरीमा उजुरी परेपछि केही महिलाहरु प्रहरीको आउन थालेको पाइन्छ ।
माया लागेर हराउछन्
सामाजिक सञ्जाल फेसबुकको प्रयोगका कारण नजानिदो रुपमा अरुको मायामा फस्छन् । फेसबुकमा कुराकानीका क्रममा मायाप्रिती बढ्दो रुपमा लिई पछि विवाहका रुपमा बदलिन्छ । परिवार आफन्तको स्वीकृत नहुँदा विवाह गरी भाग्दा महिलाहरु हराउछन् ।
प्रहरीले हराएकालाई आफन्तसँग बुझायो
हराएकालाई महिला, किशोर तथा किशोरीहरुलाई प्रहरीले खोजी गरी आफन्तलाई बुझाएको छ । सय जति महिलालाई आफन्तसँग बुझाएको हो । २४ किशोरी, सात किशोरलाई पनि आफन्तलाई बुझाएको छ ।