मुख्यमन्त्री पोखरेलले जनतामा छाएको भ्रमको चिरफार गर्न कार्यकर्तालाई वचन

पाल्पा- प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनतामा छाएको भ्रमको चिरफार गर्न कार्यकर्तालाई निर्देशनको वचन व्यक्त गरेका छन् ।

जनताका आशा, अपेक्षा कति पुरा वा भएन, सम्झाउन आवश्यक रहेको कर्ताकर्तालाई उत्साह थपेका छन् । पार्टी एकता प्रक्रिया टुंगेपछि नेकपाका नेता, कार्यकताहरु ज्नताको जीवनशैलीमा सुधार ल्याउन र समाज बदल्नका लागि पार्टी, नेतृत्व, परिवर्तनलाई भरोसा गर्नु आवश्यक रहेको दृष्टिकोण व्यक्त गरे ।

नेकपाका केन्द्रीय नताको जिम्मेवारी समालेका पोखरेलले नेता तथा कार्यकर्ताहरु विरोधीसँग साँठगाठ गर्ने होइन, विरोधीको हमलामाथि सामाना गर्न तयार हुनुपर्छ, तब मात्र समाज बदल्ने सपना पुरा हुन्छ । नेकपा पाल्पाका नेता तथाा कार्यकर्ताको प्रशिक्षणमा यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य हुँदा नागरिक र स्वयम् बस व्यवयासीलाई नै फाइदा पुगेको छ ।यातायात क्षेत्रमा ठूलो आर्थिक चलखेल सिन्डिकेटकोे अन्त्यसँग हटेको पोखरेलको दावी छ । 

एउटा बस समितिमा दर्ता गर्दा १५ देखि २० लाख समेत तिनुपर्ने बाध्यता रहेको थियो । नेता तथा कार्यकतालाई संघीयता र वर्तमान सरकार विरोधीको हमलाको सामाना गर्नपर्छ । सही मुद्दालाई स्थापित गर्न कहिलेकाही पछाडि हट्नुपर्ने अवस्था आएपछि सरकार लक्ष्यबाट पछाडि हटेको छैन । जनताको साथ चाहिने भएकोले कहिले काही पछाडि हटेर पनि सरकारले काम गर्नुपर्ने हुन्छ । 

सरकारले कुनै काम गर्दा पछि हटेको छ । एक कदम पछाडि हटेर सरकारले दुई कदम अघि बढेको छ, पोखरेलको दावी छ । सरकार केही निर्णयमा पछाडि हट्दा सामाजिक सञ्जाल आलोचनाले भरिन्छ । तर सरकार लक्ष्यबाट पछाडि हटेको छैन । विरोधीले समर्थन गर्दा समाज बदलन सकिदैन, विरोध भएमा समाज बदल्न सकिने धारण मुख्यमन्त्री पोखरेलको थियो ।

तपाईको प्रतिक्रिया