पाल्पा । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट रैनादेवी छहरामा हजार भन्दा बढीले सेवा लिएका छन् । आर्थिक रुपमा विपन्न समुदायबा बालबालिकाहरुलाई मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट लाभ्वान्ति बनेका हुन ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम, कार्यान्वयन तथा सिफारिस समिति रैनादेवी छहरा गाउँपालिकाले २०७५।०७६ मा ९ सय ७ विद्यार्थी, १५ जना अपांगता व्यक्तिले सेवा लिएका छन् । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत विद्यार्थीलाई पोशाक र स्टेशनरी सामान हस्तान्तरण गर्दै आएको थियो ।

प्रतिविद्यार्थी पोशाकमा एक हजार ५ सय र स्टेशनरीमा ५ सय सहयोग र अपांगत भएका बालबालिकालाई आर्थिक सहयोग र ह्विल चेयर प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताए ।

गाउँपालिका क्षेत्र भित्रका १ सय २९ घर वाख्रा उपहार, १ जना रागो उपहार, १० घर वंगुर उपहार प्रदान गरिएको छ । कार्यान्वयन तथा सिफारिस समिति रैनादेवी छहराका सदस्य राम बहादुर राउतका अनुसार ४० घर तरकारी खेती गर्ने तालीम, स्वास्थ्य विमा ७० घरपरिवारमा र तेपात खेतीका लागि ३ समूह, सालपातको टपरी उद्योगवाट १ समूह रहेका छन् ।

१२ घर सिलाई मेसिन विवरण गरिएको हो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट गाउँपालिका क्षेत्रभित्रका ३५० घर भन्दा बढी समूह आवद्ध छन् । अति विपन्नलाई वीउको रूपमा यो कार्यक्रमले सहयोग गरेको छ ।  शिक्षाको सुविधाबाट बञ्चित कुमाल वस्ती पटुवाचौरका वालवालिकालाई लक्षित गरी वाल कक्षा सञ्चालनमा आएको छ । छचुवाकोे कुमाल वस्तीमा सञ्चालित विद्यार्थी खाजा कार्यक्रम मार्फत विद्यार्थीलाई नियमित बनाइएको छ ।

कार्यान्वयन तथा सिफारिस समिति रैनादेवी छहरा गाउँपालिकाल गतआवमा ९५.९८ रकम खर्च भएको देखिएको छ । गत आव २०७५।०७६ मा सो कार्यक्रमका लागि ४६ लाख ९० हजार बजेट गाउँपालिकामा प्राप्त भएको प्रशासकीय अधिकृत पन्थीको भनाई छ । युवाहरुलाई लक्षित गरी उद्यमी कर्जा प्रदान गर्ने १० लाख रकम छ । कर्जा प्रदान गरिएको उद्यमीले छ महीनाको अवधिमा कर्जा फिर्ता गर्नुपर्ने छ । राम्रो व्यवसाय गर्नेलाई २५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । मुख्यमन्त्री विपत कोषमा ५ लाख रकम रहेको गाउँपालिकाको दावी छ ।

मुख्यमन्त्री कार्यक्रम गाउपालिका स्तरीय समिति रहेको छ । कार्यक्रम कार्यान्वयन सिफारिस समिति रहेको छ । जसको अध्यक्ष गाउँपालिका अध्यक्ष राम बहादुर कार्की, सदस्यमा गाउपालिका उपाध्यक्ष चेतना गाहा, मुख्यमन्त्रीले तोकेका दुई समाजसेवी राम बहादुर राउत, खेममाया सुनारी, सदस्य सचिव प्रशासकीय अधिकृत ज्ञान प्रसाद पन्थी रहने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया