
पाल्पा । बन्यजन्तु दुम्सी मारेर मासु खानेहरु पक्राउ परेका छन् । रिव्दीकोट गाउँपालिका–५, कुसुमखोला मरेकडाँडाका तीन जना पक्राउ गरेका हुन ।
पक्राउ पर्नेहरुमा सोही स्थानका बसन्तबहादुर खड्का, सोही गाउँपालिका–६ का भीमबहादुर गाहा र धनबहादुर गाहालाई दुम्सी मारेर खाएको आरोपमा प्रहरीले पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए ।
डिभिजन वन कार्यालयको अनुरोधमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुम्सीको मासु काटेर सामाजिक सञ्जालमा राखेको देखेपछि त्यसैका आधारमा उनीहरूलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुन चापागाईंले बताए ।
उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ । उनीहरूलाई प्रतिव्यक्ति २० हजारसम्म जरिवानाका साथै एक वर्षसम्म कैद वा दुवै सजाय तोकिएको छ ।