पाल्पा। नेपाली सेनाको पहलमा रुरु क्षेत्रमा सरसफाई गरिएको छ । नेपालि सेनाको पाल्पास्थित गोरखदल गणले तानसेन नगरपालिका १४ मा रहेको तिन जिल्लाको संगम स्थल ऐतिहासिक रुरु क्षेत्र धाममा सरसफाई गरेको हो ।

पाल्पा, गुल्मी र स्याङ्गजाको संगमस्थल रुरु क्षेत्रधाममा आगामी भाद्र २८ गतेदेखी आश्विन १७ गतेसम्म संचालन हुने ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महामहोत्सव एवं संगीतमय लीलामय श्रीमदभागवत पितृमोक्ष विराट ज्ञान महायज्ञ९२०७६ लाई लक्षित गरि महायज्ञ मुल आयोजक समितिको आयोजनामा रुरु क्षेत्रमा बृहत सरसफाई गरिएको गोरखदल गणका उप सेनानी दल बहादुर वलीले बताए ।

वलीको नेतृत्वमा ३९ जनाको टोलीसंगै गुल्मी जिल्लास्थित नेपाली सेना बिरभद्रजंग गुल्मको टोली, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियवासीहरुको बिशेष सहभागितामा ऋषिकेष मन्दिर लगायत रुरु क्षेत्र धामको बृहत सरसफाई गरेको ।

श्री गोरखदल गणको जिम्मेवारी क्षेत्र पाल्पा जिल्ला तानसेन नगरपालिका स्थित श्री ७ रणउजिरेश्वरी मन्दिरमा यही भाद्र ६ गते जन्माष्टमी र ७ गते हुने रथयात्रालाई भव्य र ऐतिहासिक बनाउने हेतुले मिति २०७६ श्रावण ३२ गतेदेखी भाद्र ७ गतेसम्म दैनिक रुपमा अमर नारायण मन्दिर तथा श्री ७ रणउजिरेश्वरी मन्दिर र वरपरको ईलाका बृहत रुपमा सरसफाई कार्य समेत सुरु गरिएको गोरखदल गणले जनाएको छ ।

तपाईको प्रतिक्रिया