तिनाउका शिक्षकलाई नैतिकवान बनाउदै गाउँपालिका

पाल्पा । पछिल्ला वर्ष विद्यालयहरुमा नैतिक शिक्षा पठनपाठन हुन सकेको छैन । नैतिक शिक्षाको अभावका शिक्षक तथा विद्यार्थीहरु बीच अनैतिक सम्वन्ध चरम उत्कर्षमा पुगेको देखिन्छ ।
तिनाउ गाउँपालिकाले शिक्षकक र विद्यार्थीहरुलाई नैतिकवान बनाउन खोजेको छ । शिक्षक र विद्यार्थी नैतिकवान नबन्दा समेत समाज रुपान्तरण सम्भव हुन सकेको छैन ।
विद्यालयमा नैतिक शिक्षालाई प्रभावकारी बनाउन सकेको अवस्थामा सामाजिक न्यायका लागि स्थानीय तहबाट बजेट नै खर्च नगरी समाज रुपान्तरणका लागि अभियान्ताहरु विद्यालय उत्पादन गर्न शिक्षकलाई नैतिक शिक्षा तालीम प्रदान गर्न थालेको हो ।
तिनाउँ गाउँपालिका क्षेत्रभित्र अध्यापन गराउने शिक्षकलाई नैतिक शिक्षा सम्वन्धि तालीम सञ्चालन गरी नैतिकवान बनाउन थालेको हो । दुई दिवसीय नैतिक शिक्षा सम्वन्धी तालिम आइतबारदेखि सुरु भएको हो छ । पहिलो चरणमा गाउँपालिका क्षेत्र भित्रका ४ वटा विद्यालयका शिक्षक सहभागीता रहेको छ ।
तिनाउ गाउँपालिकाको आयोजनामा सञ्चालित तालीमा प्राथमिक तहका शिक्षकहरुलाई तिनाउ गापा– विश्व शान्ति गुम्वामा सम्पन्न भएको हो ।
भाद्र १३, १४ र १५ गते काठमाडौंमा तालिम सञ्चालन गरिने छ । काठमाण्डौ हुने तालीमले प्रशिक्षक उत्पादन हुने प्रवक्ता राजेश श्रेष्ठले बताए ।
शिक्षा अधिकारी लक्ष्मी कुँवरले नैतिक शिक्षा र पठन सिपममा समेत सुधार ल्याउने बताइन । थाइल्यान्डबाट लिउ गुरु, राम गुरु र नेपालबाट दिवाकर गुरु लगायतले सहजिकरण भएको थियो ।
विश्व प्रकाश प्रतिष्ठानका प्राविधिक सहयोगमा गाउँपालिका क्षेत्रभित्रका चार प्राविका शिक्षकलाई नैतिक शिक्षा प्रदान गर्ने गरी तालीम सञ्चालन गरिएको गाउँपालिका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक राजेश श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer