पाल्पा । अर्घाखाँची जिल्लाको पाणनी गाउँपालिका–६ धादीवाङ्गका लेखनाथ पौडेल करदाता सेवा कार्यालयमा धाइरहेका छन् ।
सरकारले सरकारी र नीजि क्षेत्रमा काम गरी पारिश्रमिक बुझ्नहरुका लार्गि स्थायी लेखा नम्वर परिचयपत्र अनिवार्य बनाएको छ । सरकारको घोषणापछि पौडेल करदाता सेवा कार्यालय तानसेनमा धाउने पहिला चाहि होइन् । पौडेल जस्ता अधिकाँश नागरिक कार्यालय व्यक्तिगत लेखा नम्वर प्राप्तिका लागि कार्यालय धाउनेहरुको संख्या बढ्दो छ ।
स्थायी लेखा नम्वर परिचय पत्रका लागि पौडेल नागरिकताको प्रतिलिपी, पासपोट साइजको फोटो र निवदेन हातमा बोकेर सेवा कार्यालयका झयालमा नजिकै लाइन उभिए । पौडेल अहिले पाल्पाको पूर्वखोला गाउँपालिकाको देवीनगरस्थित भीमसेन प्राविका शिक्षक हुन । पौडेललाई स्थायी लेखा नम्वर परिचय नहुनेहरुको तलब रोक्का गर्ने सरकारको घोषणले चिन्तित बनायो र जसरी पनि स्थायी लेखा नम्वर परिचय पत्र बनाउने सोचमा हुनुहुन्छ । करिब दश पन्ध मिनेटको अवधिमा परिचयपत्र जारी भएपछि पौडेल घर फर्किए ।
यस चालु आवको साउन महीनामा मात्र व्यक्तिगत स्थायी लेखा नम्वर प्राप्ति गर्नेहरुमा एक हजार तीन सय ५७ जना रहेका छन् । गत आव २०७५।०७६ मा व्यक्तिगत रुपमा स्थायी लेखा नम्वर प्राप्त गर्नेहरुको सख्या एक हजार ५ सय ७१ जना रहेको करदाता सेवा कार्यालय पाल्पाका प्रमुख सागर पोखरेलले बताए ।
गत आवमा अन्तरशुल्क १ सय ३८, आयमा १ हजार ८ सय ३८ व्यक्तिगत स्थायी लेखा नम्वरमा १ हजार ५ सय ७१ जना, भ्याटमा २ सय ६ जना नयाँ थपिएका छन् । व्यक्तिगत स्थायी लेखा नम्वर अनिवार्य बनाएपछि करदाता सेवा कार्यालय दैनिक जसो नै भीडभाड बढेको छ । पाल्पा गुल्मी क्षेत्रमा मानिसहरुले पाल्पा पायक पर्ने स्थान हो ।
अर्घाखाँची जिल्लाको पूर्व भेगका मानिसहरु समेत तानसेनमा पायक पर्ने हुँदा व्यक्तिगत स्थायी लेखा नम्वरका लागि यहाँ नै धाउन रुचाउँछन् । दैनिक पचास भन्दा बढी नागरिकले व्यक्तिगत स्थायी नम्वरका लागि आवेदन भरी परिचयपत्रको सुविधा प्रदान गरेको करदाता सेवा कार्यालयको दावी छ ।
गत आव २०७५।०७६ मा ४५ करोड ३२ लाख २६ हजार २ सय २३ रुपैैयाँ राजश्व संकलन भएको करदाता सेवा कार्यालय पाल्पाको दावी छ । अघिल्ला आव २०७४।०७५मा २१ करोड ३४ लाख ४३ हजार ४ सय ७३ रुपैया संकलन भएको थियो । करदाता सेवा कार्यालय पाल्पामा ९० प्रतिशतले राजश्व वृद्धि भएको छ । गत दुई आवमा राजश्व संकलनको तथ्यांक विश्लेषण गर्दा गत आव २०७५।०७६ मा राजश्व संकलनमा वृद्धि भएको हो ।
राजश्व संकलनमा वृद्धि हुनेमा करदाता सेवा कार्यालयले समय समयमा कर सम्वन्धि सचेतना सञ्चालन गर्नु र व्यवसायिकहरु कर तिर्नुपर्छ भन्ने भावनाका कारण वर्षेनी राजश्व संकलनमा वृद्धि देखिएको करदाता सेवा कार्यालय पाल्पाका प्रमुख पोखरेलको दावी छ । करदाता सेवा कार्यालय पाल्पा र गुल्मी सेवा क्षेत्र रहेको छ ।
करदाता सेवा कार्यालयमा गत आवमा सबैभन्दा बढी कर बुझाउनेमा आयकरतर्फ व्यक्तिगत वा एक्लौटी फर्म रहेको छ । व्यक्तिगत फर्ममा १२ करोड ८५ लाख ४१ ह्जार २ सय ६७ रुपैयाँ राजश्व संकलन भएको हो । करदाता सेवा कार्यालय पाल्पाले २६ प्रकारका राजश्व संकलन हुँदै आएको छ ।