पाल्पा । पाल्पामा अरिङ्गालले टोकेर एकजना युवकको मृत्यु भएको छ । जिल्लाको तानसेन नगरपालिका १२ बौघापोखराथोकका २२ वर्षिय हेमबहादुर रानालाई अरिङ्गालले टोकेपछि उपचारको क्रममा मंगलबार दिउसो मृत्यु भएको हो ।

सोमबार राति गाउँ नजिकै रहेको धारादी स्यानडाडा सामुदायिक वनमा साथिहरुसंगै अरिङ्गाल पोल्न गएका रानालाई अरिङ्गालले टोकेपछि जिल्लास्थित युनाईटेड मिसन अस्पतालमा उपचारका ल्याईएको स्थानीय कृष्ण आलेले बताए । रानाको शरिरमा २५ भन्दाबढी अरिङ्गालले टोकेपछि उपचारको क्रममा मृत्यु भएको आलेले बताए ।

उनिसंगै गएका अनय साथिहरु भने समान्य रहेको आलेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया