पाल्पामा गाँजा सहित दुई महिला पक्राउ

पाल्पा । दोभान प्रहरी चौकीले पाल्पाको दोभानमा गाँजा सहित दुई महिला पक्राउ गरेको छ ।

सिद्धार्थ राजमार्गको दोभान क्षेत्रमा चेकजाँच गर्दा लकाईछिपाई बोरामा गाजा भेटिएको हो । पाल्पाबाट बुटबलतर्फ जादै गर्दा दोभान प्रहरीले गाजा सहित मलिालाई नियन्त्रण ल्याएको हो ।

सिद्धार्थ राजमार्गको पाल्पाबाट बुटबल तर्फ जार्दै गरेको लु १ ख ५५४७ नम्वरको बस रोकी चेकजाच गर्दा उक्त वारीमा यात्रा गर्ने दुई महिलाको बोरामा गाँजा भेटिएको प्रहरीको दावी छ । दोभान प्रहरी चौकाका प्रनानि बालबाहदुर घर्तीका नेतृत्वको टोलीले महिलालाई नियन्त्रण लिएको हो ।
पक्राउ पर्नेमा पाल्पा जिल्ला तिनाउ गाउपालिका–६ का २३ वर्षीय सिता बुचा र सोही स्थानका ४० वर्षीय विमला राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक कृष्ण राज सापकोटाका अनुसार जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुचाबाट ५५० ग्राम र रानाबाट ३५० ग्राम गाँजा नियन्त्रण ल्याउन दोभान प्रहरी चौकी सफल बनेको हो । पाल्पा लागुऔषत लुकाइछिपाई बारोमा बोकी हिडेको अवस्थामा प्रहरीले महिलालाई नियन्त्रण ल्याएको सापकोटाको दावी छ ।

तपाईको प्रतिक्रिया