पाल्पा । स्थानीय लोक संस्कृति जोगाउन तीज गीत प्रतियोगीता आयोजना गरिएको छ । तिनाउ गाउँपालिकाको आर्थिक सहयोग र महिला उत्थान समन्वय समिति मस्यामद्दारा आयोजित प्रतियोगीमा मस्याम माविको समुह प्रथम बनेको छ । प्रथम हुने समुहलाई गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले प्रमाणपत्र र तामाको अङ्खरा हस्तान्तरण गर्नुभयो ।
समुहका सदस्य चार जनालाई प्रमाणपत्र र अङ्खरा हस्तान्तरण गरिएको हो । त्यसैगरी कराङतुङ महिला समुह दोस्रो स्थान हासिल गरेको छ । डुम्रे उचैको महिला समुह तेस्रो बनेको छ । प्रथम, दोस्रो, तेस्रो पुरस्कार स्वरुप अङ्खरा र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले तीज गीत प्रतियोगीताले समाजमा रहेको विकृति विसंगतिको अन्त्य गर्न सहयोगी भूमिका खेल्ने बताउनुभयो । उहाँले मस्यामको सम्रग विकासका आफनो सधै सहयोग रहने प्रतिवद्धता समेत जनाउनुभयो ।
तिनाउ गाउँपालिका अध्यक्ष राजेश श्रेष्ठले सबै मिलेर काम गरे, परिर्वतन सम्भव रहेको बताउनुभयो । कार्यक्रममा तिनाउ गाउँपालिका–५ र ६ का वडाध्यक्ष दलबहादुर दर्लामी र टोम बहादुर पुन, प्रभाष प्रहरी कार्यालयका प्रमुख एक्क बहादुर नेपाली लगायतले तीजलाई परम्परा संक्षरणका नाममा विकृति अन्त्य गर्नुपर्ने बताउनुभयो । प्रतियोगीतामा नौ समुहका सहभागीता रहेको थियो ।