
पाल्पा । नेपाल रेडक्रस सोसाईटी तिनाउ उपशाखा, तिनाउ गाउँपालिकाको दोभानमा अन्तरक्रिया आयोजना गरिएको छ ।अन्तरक्रिया कार्यक्रममा प्रमुख पाहुना तिनाउ गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले तिनाउ गाउँपालिकाले रेडक्रस मार्फत एम्बुलेन्स सेवा सञ्चालन गर्ने बताए ।
गाँउपालिकाले कार्यविधि जारी गरेर एक्बुलेन्स सञ्चालन गर्न लागेको प्रवक्ता श्रेष्ठको दावी छ । निष्पक्ष मानवसेवाका निम्ति रेडक्रसकर्मीहरु लागिरहेको बताए । तिनाउ गाउँपालिका क्षेत्रभित्र १०७ जना आजिवन सदस्य बनेर उपशाखा गठन गरिएको छ । विश्वमा जाँ हेनरी ड्युनाले सन १८६३ मा रेडक्रसको स्थापना भएको थियो । नेपालमा १०० बर्ष पछि सन् १९६३ विस २०२० भाद्र १९ गते नेपाल रेडक्रस सोसाईटीको स्थापना गरिएका थियो ।
शाखा सभापति अमर सिह प्रधानको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा दोभान माविका प्रअ सुर्य प्रसाद पौडेल, स्थानीयबासिन्दा चक्रब्युह थापा, थानीडाडा माविका सहायक प्रअ रुद्र जिसी, तिलोत्तमा माविका शिक्षक कुलचन्द्र पुरी, कालिका आधारभुत विद्यालयका शिक्षक तुल्सा लम्साल लगायतले अन्तरक्रिया कार्यक्रममा आफ्नो धारण राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन तथा रेडक्रसको पृष्ठभूमिको चर्चा सचिव सन्तोष शेरचन गर्नुभएको थियो ।