
पाल्पा;रम्भा गाउँपालिकाले दुर्घटना पछिकोे सम्भाव्य जोखिम कम गर्न बालबालिकाको दूर्घटना बीमा कार्यक्रम ल्याएको छ ।
विद्यायल क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा बालबालिकाहरु दूर्घटना बढ्दो छ । पहाडी भेगका विद्यालयमा बालबालिकाहरु पैदल यात्रा गरी अध्ययन गर्न जानुपर्ने बाध्यता कारण दुर्घटना बढ्दो रहेको हो ।
पाल्पाको रम्भा गाउँपालिकाले दूर्घटना बीमा कार्यक्रम सञ्चालन ल्याएपछि बालबालिकाहरुले सहज रुपमा उपचार पाउनका लागि बीमा कार्यक्रम सफल हुने देखिएको छ । बालबालिकाहरु दूर्घटना हुदाँ अभिभावकमा पैसाका अभावमा ढिलो गरी उपचार गर्नुपर्ने बाध्यता बीमा कार्यक्रमले टार्न सहयोग पुरयाएको हो ।
रम्भा गाउँपालिकाले सामुदायिक विद्यालयका कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाको दूर्घटना बीमा सञ्चालनमा ल्याएको छ । बालबालिकाहरु दूर्घटना पछि उपचारको अभाव हुने जोखिम कम गर्न बीमा कार्यक्रम ल्याएको हो ।
गाउँपालिकाले प्रतिविद्यार्थी एक सय रुपैयाँ लगानीमा बीमा कार्यक्रम कार्यान्वयन ल्याउँदा विद्यार्थी र अभिभावकलाई आर्थिक रुपमा सहयोग हुने छ । प्रतिविद्यार्थी एक सय रुपैयाँ लगानीमा बीमा कार्यक्रममा सहभागी विद्यार्थीले दश हजार बराबरको औषधि उपचारको सुविधा अस्पतालबाट पाउने छन् ।
गाउँपालिकाले चालु आव २०७६।०७७ मा दुर्घटना बीमा कार्यक्रमका लागि दूई लाख ५० हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको हो । गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले आर्थिक अभावमा सामान्य दूर्घटना कारण बालबालिकाहरुलाई उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका दूर्घटना बीमा कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो ।
३६ सामुदायिक विद्यालयका कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाको दूर्घटना बीमा कार्यक्रम लागु गरिएको शिक्षा शाखा प्रमुख काशीराम बस्यालले बताउनुभयो । गाउँपालिकाले पहिलो चरणमा बालबालिकाको तथ्यांक संकलन गर्ने कार्य सम्पन्न भइसकेको छ ।
रम्भा गाउँपालिका क्षेत्र भित्रका विद्यालयमा अध्ययनरत कार्यक्रममा ९ सय ९९ सय छात्रा र ८ सय ९४ छात्र गरी १ हजार ९ सय ९५ बालबालिकाले दुर्घटना बीमाको सुविधा पाउनेछन् ।
रम्भा गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । माध्यमिक विद्यालय आठ र २५ आधारभुत विद्यालयमा नियमित पठनपाठन हुँदै आएको छन् । चालुआव २०७६।०७७ का लागि गाउँपालिकाले कक्षा ५ सम्मका बालबालिकालाई नियमित दिवा खाजा कार्यक्रमका लागि १५ लाख बजेट विनियोजत गरेको छ ।
बालबालिका अध्ययनका बेला भोक लागेर छिटो घर फर्केने समस्या बढेपछि गाउँपालिकाले विद्यार्थीलाई नियमित बनाउनका लागि खाजा कार्यक्रम सञ्चालनमा ल्याएको शिक्षा प्रमुख बस्यालको भनाई छ ।
गाउँपालिकाले चालुआवमा पाच वर्षे योजना निर्माण गर्ने छ । जसका लागि एक लाख बजेट मार्फत योजना निर्माणको काम गर्ने छ । गाउँपालिकाले नमुना विद्यालयका लागि चार लाख, कम्प्युटर व्यवस्थापनका लागि पाँच लाख, सेनेटरी प्याडका लागि १ लाख ५० हजार रुपैयाँ, गाउँपालिकामा पुस्तकालय स्थापनाका लागि एक लाख बजेट मार्फत कार्यक्रमहरु सञ्चालनमा ल्याउने बस्यालको बताउनुभयो । कृष्ण दर्नाल