पाल्पा: तिनाउ गाउँपालिकाले निजामति तथा शिक्षा दिवसका अवसर पारेर एकीकृत घुम्ती सेवा आयोजना गरेको छ । नागरिकका घर घरमा स्थानीय सरकारको सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ तिनाउ गाउँपालिका–६, मस्यामा घुम्ती सेवा सञ्चालन गरिएको हो । गाउँपालिकाले पहिलो चरण पाल्पाको मस्याममा सञ्चालित घुम्ती सेवाबाट स्थानीयबासिन्दा सेवा लिन सहज भएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनुभयो ।
गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधाहरु टोल बस्तीबाट प्रदान हुँदा नागरिकलाई सुविधा भएको उहाँले बताउनुभयो । तिनाउ गाउँपालिकाद्दारा सञ्चालित सेवाबाट २०२ जनाले निःशुल्क स्वास्थ्य परीक्षण र औषधि प्रदान,१६९ जना जेष्ठ नागरिक, ५६ जना अपांगता भएका व्यक्तिलाई परिचयपत्र प्रदान गरिएको गाउँपालिका प्रशासकीय अधिकृत ज्ञानप्रसाद पेनरुले बताउनुभयो ।
त्यसैगरी ११८ घरलाई पशुपन्छीका लागि औषधि, २५० जना किसानलाई तरकारी बीउ निःशुल्क वितरण गरिएको अधिकृत पेनरुले बताउनुभयो ।वडापालिका क्षेत्रभिका ९ विद्यालयबीच प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगीतामा देवी प्रावि कासीभन्यां प्रथम, लक्ष्मी आधारभूत विद्यालय चिदीस दोसो, मस्याम मावि हटिया तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी सरस्वती प्रावि डुम्रे सान्तवना हुन सफल भएको शिक्षा अधिकृत लक्ष्मी कुवँरले बताउनुभयो । तिनाउ गाउँपालिका स्वास्थ्य शाखा र नेपाल जेस्वीट सोसाईटी पालपाको सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष दमन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठल वडाध्यक्षहरु टोम बहादुर पुन, प्रेम बहादुर पाण्डेय, दल बहादु दर्लामी लगातयतको उपस्थिति रहेको थियो ।
घरदैलोमा गाउँपालिकाबाट पाइने सेवा सुविधा पाउने भएपनि स्थानीय बासिन्दा खुसी बनेका छन् । घुम्ती सेवा वडा कार्यालय हटियाबाट प्रदान गरिएको थियो ।