
पाल्पा । पहाडी जिल्ला पाल्पामा डेङगु रोगका कारण बिरामी थपिएका छन् ।
गत साउन महीनामा दुई जना सीमित रहेको डेंगु रोगका कारण बिरामीको सख्या पाँच पुगेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो । विरामी हुनेहरुमा सबै जना महिला रहेका छन् ।
सूचना अधिकारी ज्ञवालीका अनुसार साउन महीना बिरामी हुनेहरुमा दुई जना तानसेनका स्थानीयबासिन्दा हुुन ।
भदौ महीनामा माथागढी गाउँपालिका–१, रम्भा गाउँपालिका–१ हुँगी र पूर्वखोला गाउँपालिका– १ का एक एक जना डेगुबाट विरामी परेका हुन । डेंगुका बिरामीको पाल्पाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको सूचना अधिकारी ज्ञवालीको भनाई ।
उपचारपछि विरामीको अवस्था सामान्य बनेको छ । गत वर्ष पाल्पामा सात जना विरामी परेका थिए । डेंगुका कारण विरामी भएकाहरु उपचारपछि सामान्य अवस्थामा आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको दावी छ ।
एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुँदै आएको छ । यस रोगको लक्ष्मणहरु सूरुमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने समस्या हुन्छ ।
यस्तो प्रकारको लक्षण देखा परेमा स्वास्थ्य संस्थामा उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाई छ । दुई नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा डेगु रोग सम्वन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन हुन सकेको छैन ।
जसका कारण मानिसहरु यस रोगबाट ग्रस्त रहेपनि औषधि उपचारका लागि नआएको हुन सक्ने स्वास्थ्यकर्मीको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो ।
विरामी हुनेहरुमा सबै जना महिला रहेका छन् । सूचना अधिकारी ज्ञवालीका अनुसार साउन महीना बिरामी हुनेहरुमा दुई जना तानसेनका स्थानीयबासिन्दा हुुन ।
भदौ महीनामा माथागढी गाउँपालिका–१, रम्भा गाउँपालिका–१ हुँगी र पूर्वखोला गाउँपालिका– १ का एक एक जना डेगुबाट विरामी परेका हुन । डेंगुका बिरामीको पाल्पाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको सूचना अधिकारी ज्ञवालीको भनाई ।
उपचारपछि विरामीको अवस्था सामान्य बनेको छ ।
गत वर्ष पाल्पामा सात जना विरामी परेका थिए । डेंगुका कारण विरामी भएकाहरु उपचारपछि सामान्य अवस्थामा आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको दावी छ ।
एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुँदै आएको छ । यस रोगको लक्ष्मणहरु सूरुमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने समस्या हुन्छ ।
यस्तो प्रकारको लक्षण देखा परेमा स्वास्थ्य संस्थामा उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाई छ । दुई नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा डेगु रोग सम्वन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन हुन सकेको छैन । जसका कारण मानिसहरु यस रोगबाट ग्रस्त रहेपनि औषधि उपचारका लागि नआएको हुन सक्ने स्वास्थ्यकर्मीको भनाई छ ।