पाल्पा । सूचना विभागले प्रेस प्रतिनिधि परिचयपत्र नविकरण तथा नयाँ परिचयपत्र वितरणका लागि पाल्पाको तानसेनमा दुईदिनको घुम्ती शिविर सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखामा भएको शिविरमा ८० जनाले सेवा लिएका छन । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको निमन्त्रणामा संचालन भएको शिविर प्रदेश नम्बर पाचलाई समेट्नेगरी पाल्पामा गरिएको हो ।
एक प्रदेशमा एक जिल्लामा संचलन हुने विभागको नियमानुसार प्रदेश नम्बर पाचँको शिविर पाल्पामा संचालन गरिएको सूचना विभागका निर्देशक ध्रुव प्रसाद पोखरेलले बताए । उनले पत्रकारको परिचयपत्र लिएपछि सरकारको आधिकारिक रेकर्डमा उल्लेख हुने भएको हुदा यसको सहि ठाउँमा प्रयोग गर्नुपर्ने बताए ।
मुलुकभरका सात प्रदेशमध्ये पाच नम्बर प्रदेशको पाल्पामा पहिलोपटक शिविर संचालन गर्ने जिल्ला भएको र क्रमशः अन्य प्रदेशका ६ जिल्लाहरुमा शिविर संचालन गरिने पोखरेलले बताए ।
पाल्पा लगायत प्रदेश नम्बर ५ का विभिन्न स्थानबाट परिचयपत्र नविकरण गर्न र नयाँ परिचयपत्र लिनका लागि संचारकर्मीहरु पाल्पामा आएका छन । नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष राजेशकुमार अर्यालले यस शिविरबाट पाल्पा लगायत छिमेकी जिल्लाहरुबाट समेत उत्साहजनक रुपमा सहभागीहरु जनाएको अर्यालले बताए ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालको परिचयपत्र नविकरण गरेर शिविरको सुभारम्भ भएको थियो । शिविरमार्फत जिल्लामै यसरी परिचयपत्र पाएपछि जिल्लाका मिडियाकर्मी खुसी भएका छन ।
वर्षेनी काठमाडौं गएर परिचयपत्र नविकरण गर्दा दुइदेखि ३ दिनसम्म विताउनुपर्ने र हज्जारौं रुपैयाँ खर्च हुने भएकाले जिल्लामै नविकरण गर्न र नयाँ परिचयपत्र लिन पाउँदा सहज भएको पत्रकार कृष्ण पोखरेलले बताए ।
८० वटा परिचयपत्र वितरणसंगै एउटा नया अनलाईन दर्ता र ३ वटा अनलाईनको नविकरण समेत भएको नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले बताए ।