सिद्धबाबामा सवारीसाधनमाथि पहिरो खस्दा चालकको मृत्यु

पाल्पा: पाल्पाको सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजिकै सवारीसाधन पहिरोले पुरिदा चालाकको मृत्यु भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३, डेढबक्स नजिकैको सडक माथिबाट पहिरोले दुई सवारी साधन पुरिदा ४ जना घाइते भएका छन् । घाइते चारै जनाको प्रदेशिक अस्पताल बुटबलमा उपचार भइरहेको छ । पाल्पाको सिद्धबाबा क्षेत्र पहिरोग्रसत क्षेत्र हो ।

पहिरोमा परिएर मृत्यु हुनेम चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका २६ वर्षीय कमल परियार रहेका छन् । चालक परियारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

पाल्पाबाट बुटवलतर्फ जादै गरेको लु २ च ५९३८ जीप र बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज २६१७ नम्बरको जीपमा माथिबाट ढुङगासहितको पहिरोले सवारीसाधन माथि खसेको हो ।

पहिरोमा परिएका घाइतेको अवस्था गम्भीर रहेको छ । घाइतेहरुमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका २ का ३१ वर्षीय ललित मल्ल, गुल्मी पुर्तिघाटका २२ वर्षीय प्रेम सुनार, बुटबल उपमहानगर नयागाउस्थित मीलन शाह, सोही स्थानका २० वर्षीय नरेन्द्र हमालको बुटबलमा उपचार भइरहेको प्रहरीको दावी छ ।

अहिले पाल्पा बुटबल सडक सञ्चालन हुन सकेको छैन । घाइतेहरुलाई उपचारका लागि बुटवलतर्फ लगिएको प्रहरीले जनाएको छ । बुटवल र पाल्पाबाट सडक खुलाउन पहल भइरहेपनि पहिरो खस्ने समस्या कारण त्यस क्षेत्रमा काम हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया