
पाल्पा: पाल्पाको सिद्धबाबामा सवारीसाधनमा पहिरो खस्दा घाइते भएका विरामीहरुको उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजमा पठाइएको छ ।
बुटबलका अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी कृष्ण राज सापकोटाको दावी छ । भरतपुर उपचारमा रहनेहरुमा जिल्ला रुपन्देही बुउनपा-१२ नयागाउँ बस्ने २० बर्ष मिलन शाह ,जिल्ला रुपन्देहीबुउनपा-१२ नयागाउँ बस्ने २० को नरेन्द्र हमाल हो ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजिकै सवारीसाधन पुरिदा चालाकको मृत्यु भएको हो । पाल्पाको तिनाउ गाउँपालिका–३, डेढबक्स नजिकैको सडक माथिबाट पहिरोले दुई सवारी साधन पुरिदा ४ जना घाइते भएका छन् । घाइते चारै जनाको प्रदेशिक अस्पताल बुटबलमा उपचार भइरहेको छ ।
चालक परियारको घटनास्थलमा नै मृत्यु
मृत्यु हुनेम चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका २६ वर्षीय कमल परियार रहेका छन् । चालक परियारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।
पाल्पाबाट बुटवलतर्फ जादै गरेको लु २ च ५९३८ जीप र बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज २६१७ नम्बरको जीपमा माथिबाट ढुङगासहितको पहिरोले सवारीसाधन माथि खसेको हो ।
पहिरोमा परिएका घाइतेको अवस्था गम्भीर रहेको छ । घाइतेहरुमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका २ का ३१ वर्षीय ललित मल्ल, गुल्मी पुर्तिघाटका २२ वर्षीय प्रेम सुनार, बुटबल उपमहानगर नयागाउस्थित मीलन शाह, सोही स्थानका २० वर्षीय नरेन्द्र हमालको बुटबलमा उपचार भइरहेको प्रहरीको दावी छ ।
अहिले पाल्पा बुटबल सडक सञ्चालन हुन सकेको छैन । घाइतेहरुलाई उपचारका लागि बुटवलतर्फ लगिएको प्रहरीले जनाएको छ । बुटवल र पाल्पाबाट सडक खुलाउन पहल भइरहेपनि पहिरो खस्ने समस्या कारण त्यस क्षेत्रमा काम हुन सकेको छैन ।