
पाल्पा । सिदार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल खण्डको सिद्धबाबा नजिकै ढंगासहितको पहिरो खसेपछि अवरुद्ध भएको सडक एकतर्फी रुपमा संचालनमा आएको छ ।
तिनाउँ गाउंपालिका ३ दोभानको छर्छरे झर्ना नजिकै शनिबार बिहान पहिरो खसेर अवरुद्ध सडक डोजर लागाएर पन्छाएपछि एकतर्फी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सडकमा रहेका ठूला ढुंगाहरु पनछाउन बाकी रहेको हुदाँ दुईतफी रुपमा सवारी चलाउन नसकिएको प्रहरी चौकी दोभानका प्रमुख बाल बहादुर घर्तीले जानकारी दिनुभयो । शनिबार बिहान साडे ९ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।