
पाल्पा । गतरातिदेखि परेको अभिरल वर्षाका कारण पहिरो खसेपछि तानसेन- रानिमहल सडक अबरुद्ध भएको छ । तानसेन नगरपालिका १४ को बैकुन्ठेभिर नजिकै आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको अस्थायी प्रहरी चौकी रानिमहलका हवल्दार खेम बहादुर जिसीले जानकारी दिए ।
पहिरोका कारण स्थानीयले आवतजावतमा समस्या परेको स्थानीय बसन्त कुवंरले बताए । वर्ष नरोकिएको हुदाँ पहिरोको जोखिम बढेको स्थानीयको भनाई छ ।
सडक अवरुद्ध भएसंगै रानिमहल घुम्न आउने पर्यटकहरु बिच बाटोबाटै फर्किएका छन । पानि नरोकिएको हुदाँ पहिरो पन्छाउन समस्या भएको जिसीले बताए । पानी रोकीएपछि स्थानीयको सहयोगमा सडक सुचारु गरिने प्रहरीले जनाएको छ ।