पाल्पा । रैनादेवी छहरा गाउँपालिका ६ अरखोरमा पिकअप जीप दुर्घना भएको छ ।सत्यवतीबाट केलाटार गएको गा २ च २७१७ नम्वरको पिकअप जीप अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

जीप दुर्घटना भई सडकबाट ५० मिटर तल खसेको छ । प्रहरी चौकी बल्ढेगढीका प्रसनि नरेन्द्र बहादुर मल्लको टोलीले घाइतेको उद्दार कार्यमा खटेका थिए ।

जीपमा सवार मध्य रैनादेवी छहरा गाउपालिका ८, सत्यवतीका ५० वर्षीय झै बहादुर रेशमी घाइते बनेका छन् । उनको हाल तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रसनि नरेन्द्र बहादुर मल्ल बताए ।

तपाईको प्रतिक्रिया