अरिङ्गालले टोक्दा एकको मृत्यु

पाल्पा । अरिङ्गालले टोक्दा गुल्मीका एक बालकको ज्यान गएको छ ।  बिद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा रुरु गाँउपालिका १ गुल्मीका १२ बर्षिय पवन अधिकारीको ज्यान गएको हो ।

अरिङ्गालले टोकेर गम्भीर घाईते भएका अधिकारीलाई उपचारको लागि पाल्पा स्थित युनाईटेड मिशन अस्पताल पुर्याए पनि उनको बाटौमै ज्यान गएको छिमेकी मधुसुदन ज्ञवालीले जानकारी दिनुभयो ।

मृतक पवनको बुवा दुबईमा रहेकाले बुवा नआउन्जेल सम्मको लागी अस्पतालमै शब राखिने आफन्तले जनाएका छन् । आमा र छिमेकी एक बालिका संगै बिद्यालय जादै गरेका पवनलाई ६० बढी अरिङ्गालले टोकेको र उनका आमा र ति बालिकालाई पनि १०र१५ वटाले टोकेको छिमेकीले जनाएका छन् । स्थानीय बासिन्दाले बाँदरले जिस्क्याएर रिसाएको अरिङ्गालले उनीहरुलाई टोकेको बताएका छन् ।

तपाईको प्रतिक्रिया