रिब्दीकोट गाउँपालिकामा समयमा काम सम्पन्न गर्ने उपभोक्ता सम्मानित

पाल्पा । समयमा काम सम्पन्न गर्ने उपभोक्ता समितिका पदाधिकारीलाई सम्मान गरिएको छ । रिब्दीकोट गाउँपालिकाले हार्थोक–बतासे, मैदिया सडक स्तरोन्ति उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई नगर सहित सम्मानित हुनुभएको हो ।

सम्मानितहरुमा समितिका अध्यक्ष नारायण भाट र सचिव दिवाकर अर्याल रहेका छन् । गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले दुवै जनालाई नगद सात हजार ५ सय दरले सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो ।

हार्थोक–बतासे, मैदिया सडकको चौडा गर्ने काम २०७६ बैशाख १० गतेदेखि सुरु गरी असार १९ गते सम्पन्न गएको थियो । पाल्पा निर्वाचन क्षेत्र २ का संघीय साँसद सोम प्रसाद पाण्डेयको निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको ५० लाख आर्थिक सहयोग करिब ५ मिटर सडक चौडा गरिएको समितिका पदाधिकारीलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

गाउँपालिका क्षेत्रभित्रका उपभोक्ताले पनि समयमा काम सम्पन्न गर्न प्रोत्साहनका लागि यो सम्मान कार्यक्रम राखिएको अध्यक्ष जिसीको भनाई छ । उपभोक्ताहरुलाई छिटोछरितो रुपमा काम गर्ने वातावरण सिर्जना गर्न प्रोत्साहनको समेत खाँचो छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत ऋषि अर्यालले नमुना काम गरी गाउँपालिकालाई देखाएकोले गाउँपालिकाले प्रतिव्यक्ति सात हजार ५ सय नगर सहित सम्मानित हुनुभएको हो । विकास निर्माणका काममा ढिलासुस्ती रहेका बेला करिब दुई महिनाको अवधिमा ८ किलोमिटर सडक चौडा बनाउन काम सम्पन्न भएको थियो ।

तीन मिटर रहेको सो सडक थप ५ मिटर चौडा गरेपछि आवतजावत समेत सहज भएको छ । सडकलाई चौडा बनाउन कार्य सम्पन्न भएपछि दुर्घटना भएका छैन । रिब्दीकोट गाउँपालिकाको व्यवस्थापनमा सडक हार्थोक बतासे, बतासे मैदियासम्मको सडक चौडा गर्ने कामले पश्चिम पाल्पाको आवतजावतमा सहजता ल्याएको हो ।

सडक विस्तारले यातायातका साधन सञ्चालनमा समस्या हटेको छ । साँघुरो र अप्ठारो सडकमा चालकले जोखिमले मोलेर यात्रा गर्न बाध्य हटेको हो । तीन मिटर चौडा रहेको सडकका कारण दुर्घटना खतरा बढेका बलो अहिले ८ मिटर सडक चौडा भएपछि यात्रा सहज भएको चालकहरु दावी छ ।

पश्चिम पाल्पादेखि जिल्ला सदरमुकाम तानसेन आवतजावत गर्ने प्रमुख सडक फराकिलो बनाउन कामले स्थानीयबासिन्दा, चालक तथा यात्रुमा समेत उत्साह ल्याएको छ ।

विस २०२४ सालमा जनश्रमदान सडक विस्तार गरिएको थियो । पाल्पा जिल्ला सदरमुकामदेखि पश्चिम पाल्पाका दुई गाउपालिका र अर्घाखाँची जिल्ला जोडने पाल्पाको एउटा मात्र दुईजिल्ला जोडने सडक हो ।

सम्मानित हुने समितिका अध्यक्ष नारायण भाटले आफुलाई गाउँपालिकाको सम्मानले थप सामाजिक काम गर्न प्रेरणा जुटेको बताउनुभयो ।
उहाँले सामाजिक काम गर्न निकै अप्ठारा पक्ष रहेकोले यस्ता समस्या समाधान गर्न सबैको सहयोगका कारण समयमा काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

समितिका सचिव दिवाकर अर्यालले सडक विस्तार गर्दा सडकमा मानिस नै सुतेको अनुभव सुनाउँदा आफुलाई गाउँपालिकाले दिइएको जिम्मेवारी समयमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले गाउँपालिकाले आगामी दिन पनि जिम्मेवारी सुम्पिएको अवस्था काम गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया