
पाल्पा । तपाईंले कुनै मानिसको सिंग देख्नुभएको छ । पक्कै छैन होला । किनभने मानिसको सिंग हुँदैन । तर भरतका एक वृद्धको भने सिंग पालाएको थियो ।
मध्यप्रदेशको सागर जिल्लास्थित रहली गाउँका ७४ वर्षीय श्यामलाल पादवको भने टाउकोमा एउटा सिंग पलाएको थियो । उनको सिंग जनावर भन्दा फरक थिएन । चार इन्च भन्दा ठूलो निकै कडा थियो उनको सिंग । उनले समय समयमा काटेर नफालेका पनि होइनन् तर बारम्बार पलाइरहेको थियो उनको टाउँकोमा ।
लामो समय सम्मको प्रयासमा पनि उनको टाउकोमा आएको सिंगले पालाउन नछाडेपछि चिकित्सककोमा समेत पुगे । तर उनको टाउको सिंग देख्ने बित्तिकै धेरै चिकित्सक डराए र उपचार गर्न नसक्ने बताए ।
। केही चिकित्सकले भने सिंग हटाउन निकै महंगो शुल्क लाग्ने बताए ।
अन्तत उनी भाग्योदय नामक अस्पतालका आफ्नो सिंग फल्ने भन्दै पुगे र केही दिन अघि सोही अस्पतालका चिकित्सकको टोलीले उनको सिंगको अप्रेसन गरी त्यसलाई जरैबाट हटाइदिए ।
अप्रेसनमा संलग्न चिकित्सकका अनुसार श्यामलालको समस्या दुर्लभ प्रकारको सेबेसियस हर्न नामक बिरामिले गर्दा भएको हो । मानिसको टाउकोमा सेबेसियस ग्ल्याडबाट निस्कने तथा ठुलो हुने गर्दछ ।यो समचार भारतीय मिडियाबाट लिएको हो ।