पाल्पा । कुसुमडाँडा सामुदायिक वन उपभोक्ता समुह तिनाउ २ को १८ औ बार्षिक साधारणसभा तथा ९ औ अधिबेशन सम्पन्न भएको छ ।
सो अधिबेशनमा प्रमुख अतिथि तिनाउका प्रवक्ता तथा सोही वडाका वडा अध्यक्ष राजेश श्रेष्ठले थुप्रै अग्रजहरुको प्रयासबाट माया गरि जोगाउदै आएको यो वन समूह अहिले युवा अवस्थामा हुर्कदै छ ।
यसलाई अझै जोगाएर लैजानु पर्ने भएकोले संरक्षणमुखी कृयाकलापहरु र दिगो विकासका योजना तयार गरि अघि बढ्न सबैलाई अनुरोध गरे । साथै उनले आफु यो समुमको संस्थापक अध्यक्ष भई काम गर्दाको विगत सम्झदै समुदायको विकासमा वनले ठुलो भुमिका खेलेको कुरा स्मरण गराए ।
सभामा सामुदायिक वन समन्वय समितिका अध्यक्ष अमर प्रधानले विशिष्ट अतिथिको रुपमा मन्तब्य राख्दै वन जोगाएकै कारण आज दोभान सेरोफेरोका वनमा बाघहरु भेटिन थालेको र यही वनहुदै चितवन, नवलपरासीका बाघहरु कपिलवस्तु, दाङ, बाकेतिर हिड्ने गरेको खुलासा गर्नु भयो ।
हामी संरक्षणकर्मीहरुले वनलाई जोगाउनुपर्ने बताए ।सो कार्यक्रममा झुम्सा ईलाका वनका प्रतिनिधि गोविन्द पराजुली, समन्वय समितिका पदमलाल शाक्य,दोभान मा विका शिक्षक रविन्द्र पौडेल, अमर सिह भण्डारी, खुमखबहादुर सारु र तुल्सी घर्तीले शुभकामना मन्तब्य राखेका थिए।सो सभामा रु४५७९२२ बराबरको आय ब्यय विवरण पेश गरिएको थियो । सो अधिबेशनले राधा न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो।