पाल्पा ।परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीलले भारतद्धारा अतिक्रमित नेपाली भू–भागहरु सरकारले फिर्ता गर्ने कुरामा सबैलाई ढुक्क हुन आग्रह गरेका छन । मन्त्री ज्ञवालीले अहिले सबै दलहरु मिलेर देशको समस्याको समाधान कुटनितिक ढंगबाट गर्ने बताए ।

पाल्पाको तानसेनमा पाल्पाली साहित्यकार निलकण्ठ न्यौपानेद्धारा लिखित महाकाव्य श्रम र साधनाको लोर्कापण गर्दै मन्त्री ज्ञवालीले महाकाली सन्धीले निदिष्ट गरेका नेपालका भू–भागहरुलाई सरकारले रक्षा गर्ने बताएका हुन ।

उनले सरकारले तथ्य र प्रमाणका आधारमा भारत सरकारसंग कुटनितिक रुपमा छलफल गरेर नेपालको भूमी फिर्ता ल्याने बातए । ५४ सालमा भएको चुनाव, १८ सालको जनगणना र ९७ सालमा तेहाँका जनताले तिरो तिरेकाका रसिदका आधारमा मित्र राष्टसंग कुरा अघि बढाएर छलफल गर्ने मन्त्री ज्ञवालीको भनाई छ ।

नेपालले आफ्नो एक इन्च जमिनपनि नछोड्ने बताउदै नेपाली जनताको चित्त दुखाएर मित्रता अघि नबढ्ने उनको भनाई छ । नाकाबन्दीका बेलामा जस्तो सिमानामा गएर ढुङ्गा हानेर समस्या समाधान नहुने हुदाँ बर्ताबाट समस्याको निकास निकाल्न सरकार लागि परेको उनले बताए । सरकारको पहिलो काम देशको भूमि रक्षा गर्ने र त्यहाँका जनताको रक्षा गर्नु रहेको उहाँले प्रष्ट पारे ।

उनले साहित्यको अध्ययनले नकारात्मकता भन्दा पनि सकारात्मकता तर्फ मानिसलाई अग्रसर बनाउने बताए । नेपालको राष्ट्रियता, स्वाभिमानसँग सम्बन्धित कृतिले नेपालमा श्रम र साधनाको माध्यमबाट समृद्धि ल्याउन सक्ने बताए ।

स्थानीय सरकार पूर्वखोला गाउँपालिकाको प्रकाशन रहेको काव्यको प्राध्यापक डा. बेणिमाधव ढकालले समिक्षा गर्दै कविले श्रमको खोजीमा विदेश भौतारिने युवालाई स्वदेशमै साधना गरेर समृद्धि ल्याउन तर्फ उत्प्रेरणा गर्ने कुरालाई काव्यमा समावेश गरेको बताए ।

धवल पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा प्रदेश सांसदहरु, स्थानीय सरकारका प्रमुखहरु, जिल्लाका वुद्धिजिवी समाजेवी, राष्ट्रसेवक कर्मचारीहरु, पत्रकारहरु एंव साहित्यकारहरु लयागतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया