रम्भा गाउँपालिकाले खरका छानालाई हटाउने

पाल्पा; रम्भा गाउँपालिकाले खरका छानालाई हटाउने भएको छ । चालु आव २०७६।०७७ मा तीन सय ३३ घरमा खरका छाना गाउँपालिकाले हटाएर पूर्ण रुपमा खरका छाना मुक्त बनाउने लक्ष्य हो । खरका छाना वर्सेनिछाउनुपर्ने बाध्यता छ । गाउँपालिकाले खरका छानालाई कर्कतपाता प्रदान गरी शुन्य बनाउन लागेको हो ।

चालुआवमा खरका छानामा कर्कत पाता देखिन्छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले ३ सय ३३ घर खरका छाना हटाइने बताए । गाउँपालिका क्षेत्रभित्र झण्डै चार हजार पाँच सय घर रहेका छन् । खरका छानाका घर असारपछि कर्कतपाताका छानामा बदलिने छन् । केही खरका छाना रहेका घरहरु भुकम्पबाट प्रभावित छन् । यस्ता घरहरुलाई भुकम्पले सहयोग गर्ने हुँदा हटाईने छ ।

यस आवको अन्तिममा गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गर्नका लागि ७० लाख बजेट रहेको गाउँपालिका अध्यक्ष भण्डारीको दावी छ । आर्थिक रुपमा विपन्न समुदायका नागरिकका घर अझै पनि खरका छाना सहित रहेका छन् । वर्सेनि छाउनु पर्दा आर्थिक रुपमा बोझिलो बन्दै गएको थियो ।

दक्ष कामदारको अभाव, छाउनका लागि डाडाभाताको समेत अभाव रहेका बेला गाउँपालिकाले खरका छाना हटाइ कर्कतपाताले छाइदिने भएपछि स्थानीयबासिन्दाहरु समेत खुसी बनेका छन् ।रम्भा गाउँपालिकाले खरका छाना रहेका घरलाई कर्कतपाता वितरण सम्वन्धि मापदण्ड निर्माण गरेको छ । केही कतै पनि कर्कत पाता वा पक्की घर नभइ खरका छानामा बसोबास गर्नेहरुलाई कर्कत पाता प्रदान गरिने भएको हो ।

नौ हात चौडाई र १५ हात लम्वाई सहितका घरका हिसाव गरिएको छ । गाउँपालिका अध्यक्ष भण्डारीका अनुसार छ फिटका ३० पाता वा नौ फिटका २० पाता आवश्यकता आधारमा वितरण गर्ने योजना छ । दुईओटा घर रही एउटामा कर्कत पाता र एउटामा खरका छाना रहेका घरले यो सुविधा पाउने छैनन्, घरका गोठमा बसोबास गर्ने मानिसले यो सुविधा पाउने छ । तर, अरु कुनै स्थानमा पनि कर्कतपातका छाना सहितका घर नभएकाहरुले कर्कत पाता गाउँपालिकाले प्रदाने गर्ने योजना छ । प्राविधिकको अनुगमन पछि मात्र गाउँपालिकाले कर्कतपाता प्रदान गर्ने छ ।

गाउँपालिका प्रवक्ता तथा वडा नम्वर १ का वडाध्यक्ष कृष्ण रेग्मीका अनुसार वडाभित्र खरका छाना सहितका घरको तथ्यांक संकलन गर्ने काम जारी रहेको बताउनुभयो । हालसम्म ७२÷७३ घर खरका छाना सहित होला । प्रवक्ता रेग्मीका अनुसार यस आवमा खरका छाना हटाउने गरी काम थालिएको छ । कर्कत पाता खरिदका लागि गाउँपालिकाले टेण्डर खोलिसकेको छ । असारसम्म सबै काम सम्पन्न हुने गरी काम अघि बढेको हो । रम्भा गाउँपालिकाले २८ महिनामा २८ उपलब्धि हासिल गर्न सफल बनेको छ ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, खरका छाना विस्थापित गर्ने विद्युत्, सडक लगायतका क्षेत्रमा उल्लेखनीय क्षेत्रमा परिवर्तन देखाएको गाउँपालिकाको दावी छ । दिवा खाजा तथा विद्यार्थीलाई दूर्घटना बीमाले गाउँपालिकाले चर्चा पाउन सफलता हासिल गरेको थियो ।

तपाईको प्रतिक्रिया