राणाकालिन अर्गली दरबार अझै किनबेच

पाल्पाःराणाकालिन ऐतिहासिक दरबारको अझै पनि व्यक्तिका नाम रहेको रहस्य बाहिर आएको छ । उचित रुपमा संरक्षण हुन नसक्दा खण्डहर बदलिएको छ ।

पाल्पाको तानसेन नगरपालिका–१५ अर्गलीस्थित ऐतिहासिक अर्गली दरबार संरक्षणको अभाव जीर्ण बन्दै गएको हो । ऐतिहासिक महत्व झल्को दिने दरबारको उचित रुपमा संरक्षण हुन सकेको छैन । राणाकालिन दरबार अहिले किनबेच हुँदा विवादित रुपमा रहेको छ । जसका कारण दरबार दिनप्रतिदिन जीर्ण बनेको छ ।

धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको तानसेन परिचित छ । ७५ वर्षअघि ऐतिहासिक महत्व झल्को पाइने राणाकालिन दरबार संरक्षण हुन नसक्दा गुमनाम बनेको हो । दरबारको संरक्षण र प्रचारप्रसार हुन नसक्दा भग्नावशेषमा रुपान्तरण भएको हो ।
तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जवराले वि.स. १९९७ मा दरबार निर्माण कार्य सुरुवात भएको थियो । २००१ मा दरबार निर्माण सम्पन्न भएको थियो । तीर्थस्थल रिडी, कालीगण्डकी नदी, ऋषिकेश मन्दिर नजिक हुने हुँदा अर्गलीमा दरबार निर्माण गरेको स्थानीयबासिन्दाको भनाई छ ।

राणा अर्गलीबाट हिडेपछि नै त्यो ऐतिहासिक दरबार क्षेत्रमाको संरक्षण हुन नसकेको हो । ऐतिहासिक अर्गली दरबार व्यक्तिका नाममा रहेको छ । जुद्धशमशेरकी छोरी जनकराज्यलक्ष्मीले २०५८ जेठ १ अधिकृत वारेनामा गरी आफना नाति सञ्जयविक्रक शाहाका नाममा पास गरेको खुलेको छ । स्थानीयबासिन्दा नेत्रप्रसाद पाण्डेयका अनुसार व्यक्तिका नाममा दरबार हुँदा उचित रुपमा संरक्षण गर्न सकिएको छैन । अर्गली दरबार सम्वन्धि सर्वोच्च अदालतमा मुद्दा छ ।

स्थानीयबासिन्दाले ऐतिहासिक दरबार मर्मत र संरक्षणका लागि पाउनुपर्ने दावी छ । त्रिभुवन माविले दरबारको केही भाग प्रयोग गरेपनि अधिकाँश दरबारको भाग भत्किने अवस्थामा छ । दरबार क्षेत्रमा रुख र सार्वजनिक शौचालयका रुपमा बदलिएको हो ।

तानसेन–रिडी सडक खण्डको अर्गलीदेखि ७ सय मिटर माथि टाकुरामा अर्गली दरबार रहेको छ । ऐतिहासिक र पर्यटकहरुका लागि राम्रो गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावना छ ।  बाथरुम, बैठक कक्ष, पल्टन राख्ने स्थान, राजाका सुसारे कक्ष दरबारमा देखिन्छ । तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जवराले बस्न छाडेदेखि दरबार संरक्षणको अभाव हुँदा अलपत्र बनेको हो ।

तपाईको प्रतिक्रिया