
पाल्पा । जिल्लाको रामपुर नगरपालिका अन्तरगत वडा नम्बर एक र ३ लाई जोड्ने निस्दीखोलामा पक्की पुल बन्ने भएको छ । लामो समयदेखि पक्की पुलको अभावमा सास्ती खेप्दै आएका त्यस भेगका स्थानीय पुल बनेसंगै सहज रुपमा यात्रा तथा स्थानीय उत्पादनलाई बजारसम्म ढुवानी गर्न पाउनेमा आशाबादी भएका छन् ।
रामपुर, किर्तिपुर, सहलकोट हुँदै नवलपुरको झ्यालबास जोड्ने सडकखण्डमा पर्ने निस्दीखोलामा पक्की पुलको सिलान्यास भएसंगै स्थानीयमा खुसियाली छाएको हो । रामपुर नगरपालिकाको वडा नम्बर १ र ३ लाई जोड्ने यो पुल बनेसंगै स्थानीयलाई सहज रुपमा यात्रा तथा स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सहज हुने स्थानीय भेषराज पोखरेलले बताए ।
लामो समयदेखि पक्की पुल पुलको नहुदाँ सास्ती खेप्दै आएका यस भेगका स्थानीयले पुल बन्ने भएसंगै बाह्रै महिना सरल रुपमा यात्रा गर्न पाउने हुदाँ खुसी भएका हुन् । पक्की पुल बनेसंगै यात्रा गर्दा दुरी छोटिने र भाडा पनि सस्तो हुने हुदाँ स्थानीय हर्सित भएका हुन ।
जम्मा ६२.९५ मिटर लम्बाई रहेको पुलको दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी इलाईट निर्माण कम्पनीले फागुन १२ गते सम्झौता गरेको छ । कुल ८ करोड १२ लाखबढीको लागतमा निर्माया सुरु भएको पुलको चौडाई भने ११ मिटर रहने छ ।
पुलको शिलान्यास गर्दै प्रदेश नम्बर पाचका भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले सरकार बनेको दुइ वर्ष भित्रमा प्रदेश पाच सरकारले जनताले अनुभुती हुनेगरी काम गरेको बताए । उनले प्रदेश सरकारले संघिय सरकारले भन्दा थोरै बजेटले पनि जनतामाद्धm देखिनेगरी काम गरेको बताए ।
पुल नहुँदा रामपुर नगरपालिकाको वडा नम्बर एक संगै निस्दी गाउँपालिकाको एक, दुई र ३ नम्बर वडाका स्थानीय प्रत्यक्ष मारमा परेका थिए । निस्दीखोलामा पक्की पुल बनेसंगै दुई वडा संगै गाउँ र नगरबिच पनि सहज सम्पर्क हुने स्थानीयबासीको भनाई छ ।