पाल्पाः नेकपा प्रदेश नम्वर पाचका सह इन्चार्ज दलबहादुर रानाले गल्ती गर्ने जो कोहीलाई पनि कारबाही हुने बताउनुभएको छ । उहाँले गल्ती गर्नेहरु जोगाउन नहुने भन्दै गल्ती कमजोरी गर्नेहरु कानुनी कारबाही हुने बताउनुभयो । नेकपा पाल्पाको तेस्रो पूर्ण बैठक उद्घाटन गर्दै राना नेपाली जनतालाई सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा पार्टी एकजुट भई अघि बढ्ने बताउनुभयो ।

पार्टीलाई थप व्यवस्थित र बलियो बनाउनका लागि तीन महिने घरदैलो अभियान सञ्चालन गर्ने नेता रानाले बताउनुभयो । नेकपा प्रदेश नम्वर ५ का अध्यक्ष ओनसरी घर्तीले देश र जनताको हितका वर्तमान सकारको काम गरिरहेकोले बताउनुभयो । उहाँले नेकपालाई बलियो पार्टी बनाउनका लागि नेता तथा कार्यकर्ताहरु एकजुट भई अभियानमा लाग्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा पाल्पाका इन्चार्ज सोम प्रसाद पाण्डेयले नेकपा नेतृत्वको सरकारले देश जनताका पक्ष राम्रा काम गर्दा प्रतिपक्ष दलहरु अतालिएको बताउनुभयो । नेकपा जिल्ल सह इन्चार्ज तुलाराम घर्तीले नेता तथा कार्यकर्ता इमान्दार भई पार्टीको काम लाग्नुपर्ने बताउनुभयो ।
जिल्ला अध्यक्ष नारायण आचार्यको अध्यक्षताका बसेको बैठकले चैत्र १ गते देखी तिन महिने घरदैलो अभियान गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला सल्लाहकार परिषद, जिल्ला जेष्ठ कम्युनिष्ट मञ्च, प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटी र प्रदेशसभा क्षेत्रिय समन्वय कमिटीमा थप सदस्यहरुको मनोनित गरेको प्रचारविभाग प्रमुख गुरास आत्रेयले जानकारी दिनुभयो ।

तासनेन होटल पौवामा बसेको बैठकमा नेकपा पाल्पाले तीन महिने अभियान सञ्चालन गर्न तयारी स्वरुप आउदो २९ गते पाल्पा क्षेत्र नम्बर १ को क्षेत्रिय कमिटीको बैठक ताहुँमा र क्षेत्र नम्बर २ को बैठक तानसनेमा बस्ने निर्णय गरेको छ । बैठकले तिनै तहका सरकारबाट विनियोजित बजेटबाट भएका बिकास निर्माणका योजनाहरु समयमै सम्पन्न गर्न सहयोग गर्ने र बिकासे योजनाहरुमा भष्टाचार हुन नदिन निगरानी गर्न कार्यकर्तालाई आग्रह गरेको छ ।

बैठकमा समसामयिक प्रस्ताव पास गर्दै कोरोना भाईरसबाट जनतालाई सुरक्षित राख्न सरकार र जिल्ला स्थित स्वास्थ केन्द्रलाई सावधानी तथा तयारीमा रहन आग्रह गरेको छ भने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मृगौला प्रत्यारोपणमा सफलताको कामना गरेको छ ।

यसअघि नेकपा बनेपछि मासिक ५० रुपैया तोकीएको पार्टी सदस्यता शुल्क वा लेवी केन्द्रीय बैठकले मासिक २५ रुपैया कायम गरेकोले सोही अनुसार उठाउन र यस अघि उठीसकेको रकम अर्को वर्षको नविकरणमा खर्च गर्न जानकारी दिईएको थियो । जिल्ला सचिव गिर बहादुर बगालेले सञ्चालन गर्नुभएको बैठकमा कार्यालय सदस्य कमल पाण्डेयले स्वागत र कार्यालय सदस्य मथुरा ढकालले परिपत्र बाचन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया