
पाल्पाः मातृसेवा प्रतिष्ठान नेपाल ललितपुरद्दारा स्थापित ४० लाख ५० हजार राशीको रम्भादेवी छात्रवृत्ति वितरण गरिएको छ । पाल्पाको तानसेनमा पाल्पाली समाज पोखराको व्यवस्थापनमा पाल्पाको तानसेनमा प्राविधिक शिक्षा अध्ययनरत ८९ जना विद्यार्थी छात्रवृत्ति प्रदान गरिएको हो ।प्रतिष्ठानले पाल्पा जिल्लामा प्राविधिक शिक्षामा दक्ष जनशक्तिका उत्पादन गर्ने उद्देश्यका साथ ४० लाख ५० हजारको छात्रवृत्ति प्रदान गर्ने घोषण गरेको थियो ।
पाल्पा निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेय र मातृसेवा प्रतिठानका अध्यक्ष हरिप्रसाद पाण्डेले संयुक्त रुपमा पाल्पाका विद्यार्थीलाई छात्रवृत्तिको राशी हस्तान्तरण गरिएको हो । पाल्पा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ वडाकै प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने योजना थियो ।
निस्दी गाउँपालिकामा ८ जना, रामपुर नगरपालिकामा ११ जना, पूर्वखोलामा ६ जना, माथागढी गाउँपालिकामा आठ जना, रम्भा गाउँपालिकामा ५ जना, तिनाउ गाउँपालिकामा ५ जना, बगनासकाली गाउँपालिकामा १२ जना, तानसेन नगरपालिका १७ जना, रिब्दीकोट गाउँपालिकामा ११ जना, रैनादेवी छहरा गाउँपालिकामा ८ जनालाई छात्रवृत्ति हस्तान्तरण गरिएको हो ।
एक वडामा अधिकतमा ५० हजारसम्मको छात्रवृत्ति रकम प्रदान थियो । ५० हजार भन्दा कम शुल्कमा पठनपाठन हुने विषयका विद्यार्थीले दुई जनासम्मलाई छात्रवृत्ति प्रदान गरिएको मातृसेवा प्रतिष्ठानका अध्यक्ष हरि प्रसाद पाण्डेयले बताउनुभयो । रम्भादेवी छात्रवृत्ति विदेशीको सहयोग विना र आफनै पारिवारिक सहयोगमा स्थापना गरिएकोले बताउनुभयो । उहाँले छात्रवृत्ति प्राप्त गर्नुहुने जेहन्दार विद्यार्थीहरुलाई अनुशासित रुपमा अध्ययन गरी समाजका लागि नमुना काम गर्नुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य पाण्डेयले समृद्ध नेपाल स्थापना गरी दक्ष जनशक्ति उत्पादनमा रम्भादेवी छात्रवृत्तिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । दक्ष जनशक्ति उत्पादनले समृद्ध नेपाल र सुखी नेपालीका बनाउने सपना पुरा हुने बताउनुभयो । उहाँले आर्थिक रुपमा अति विपन्न समुदायका जेहन्दार विद्यार्थीले पैसाका अभावका अध्ययनरत विद्यार्थीका लागि यो सुनौलो अवसर रहेको बताउनुभयो ।
कार्यक्रम प्रदेश नम्वर पाँचका साँसद डा. पुरनमान बज्राचार्यले गरीव तथा जेहन्दार विद्यार्थीले प्राप्त गरेको छात्रवृत्तिलाई सही रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । प्राविधिक शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादन हुने भएकोले प्राविधिक शिक्षाको महत्व व्यापक रहेको उहाँले बताउनुभयो । तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरुले प्राप्त छात्रवृत्तिलाई सही रुपमा सदुपयोग गरी नमुना काम गर्न अनुरोध गर्नुभयो । उहाँ प्राविधिक शिक्षा अध्ययन गरेका दक्ष जनशक्ति देश विकासका लागि खाँचो रहेको बताउनुभयो ।
मातृसेवाले स्वास्थ्य, कृषिबाली, इञ्जिनियर, पुश विज्ञान लगायत प्राविधिक शिक्षा अध्ययनका लागि स्थानीय तहले सिफारिस गरिएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । पाल्पाली समाज पोखराका अध्यक्ष कुल प्रसाद घिमिरेका अनुसार छात्रवृत्ति दुई चरणमा प्रदान गरिने भएको छ । पहिलो चरणमा ५० प्रतिशत र दोस्रो वर्ष ५० प्रतिशत रकम प्रदान गरिने अध्यक्ष घिमिरेले बताउनुभयो । छात्रवृत्ति सम्वन्धित विद्यालयका खातामा विद्यार्थीको नाममा पठाइएको छ । विद्यालयले विद्यार्थीको शिक्षण शुल्क छात्रवृत्ति रकमबाट कटौटी गर्ने छ ।