नेपालमा कोरोना संक्रमण नभएपनि सचेत बन्नुपर्छः प्रदिप ज्ञवाली

पाल्पा । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले नेपालमा हालसम्म कोरोना भाईरसको संक्रमण नभएको बताउदै त्रासित नहुन अनुरोध गरेका छन । उनले हालसम्म एकजनामा संक्रमण देखिएको भएपछि उपचार पश्चात उनि सामान्य जिवनशैलिमा फर्किएको बताए ।

नेकपा तानसेन नगर कमिटीको पार्टी एकता सुद्धिढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोरोना भाईरसको त्रासको पछि नलागि सावधानी अपनाउन सबैलाई आग्रह गरे ।

उनले छिमेकी मुलुक चिनसंगै दक्षिण एशियामा कोरोनाको सक्रमण बढीरहेको हुदाँ नेपालमा पनि सचेत हुनुपर्ने हुदाँ ठूला सभा समारोह नर्गन समेत आग्रह गरेका छन ।

मन्त्री ज्ञवालीले सरकारको पहिलो काम समृद्ध नेपाल बनाउने भएको हुदाँ सोही दिशातर्फ सरकारले काम गरिरहेको बताए । उनले अहिलेको सरकारले जनताका आशा र भरोसाको विश्वास टुटन नदिने गरि काम गर्ने बताए ।

मन्त्री ज्ञवालीले देशका सिमा समस्या समाधानका लागि सरकार लागि परेको बताए । भारतले सिमा क्षेत्रका भू भागलाई पहिलेदेखि नै आफ्नो भन्दै आएको भएपनि अहिलेको सरकार देशप्रति प्रतिवद्ध रहेको हुदाँ शिर ठाडो गरेर सिमा समस्या समाधानतर्फ लागेको बताए ।

मन्त्री ज्ञवालीले सरकारले सरकारले जनताको दैनिक जिवन शैलिसम्म पुग्नेगरि काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपाका नेताहरु सोमप्रसाद पाण्डेय, ठाकुर गैरे लगायतले पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

पाल्पाका दशै स्थानीय तहमा आजदेखि तीन महिने पार्टी जनसम्वन्ध विस्तार अभियान सुरु भएको छ ।

तपाईको प्रतिक्रिया