
पाल्पा । आगामी चैत ६ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईमा पाल्पाबाट ४४ जना विद्यार्थी समावेस हुन अयोग्य ठहर भएका छन् ।
परीक्षाको आवेदन फाराम भरे पनि अन्य विविध कारणले गर्दा ४४ जना विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएको शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाले जनाएको छ ।
यसवर्ष पाल्पाबाट नियमिततर्फ चार हजार ८ सय ९६ र ग्रेडवृद्धितर्फ २ सय १६ गरि कूल पाँच हजार ६८ जना विद्यार्थीले एस इ इ परिक्षा दिदैछन् ।
शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाका सुचना अधिकारी विष्णुप्रसाद वेल्बासेका अनुसार अयोग्य विद्यार्थी मध्ये अधिकांशको विद्यालयमा नियमित हाजिरी नपुगेको र केहीले बिचमै कक्षा छाडेका कारण परिक्षामा समावेश हुन नसकेको हुन ।
जिल्लाका १० स्थानीय तहमा २६ परीक्षा केन्द्र तोकिएको छ । जिल्लाभरमा प्रत्येक परीक्षा केन्द्रमा एक÷एक परीक्षा केन्द्राध्यक्ष र दुई÷दुई सहायक केन्द्राध्यक्ष खटाइनेछ ।
प्रत्येक केन्द्रमा कम्तिमा ५ जना सुरक्षाकर्मी परिचालन गरिने समेत वेल्बासेले बताए । सबै स्थानीय तहहरुमा उत्तरपुस्तिका पुगिसकेको हुदाँ यस वर्षको एस इ इ परिक्षाको सबै तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
पाल्पामा सबैभन्दा कम दर्लमडाडाँ माविबाट एक सय ३ जना र सबैभन्दा धेरै जनता मावीबाट तीन सय ८४ जना विद्यार्थी एस इ इ परिक्षामा सहभागी हुदैछन ।