पाल्पा। पाल्पामा जुवाको खालबाट नगदसहित ५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको रामपुर नगरपालिका वडा नं. ७ डुम्रिगाउँबाट मंलबार बेलुका जुवा खेलिरहेको अवस्थामा एकचालिस हजार ४ सय २२ रुपैया नगद र तनि बुक ताससहित ५ जना जुवाडेलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

स्थानीय यम बहादुर सारुको घरमा जुवा खेलेको जानकारी पाएसंगै उनिहरुलाई ईलाका प्रहरी कार्यालय रामपुरको प्रहरी सहायक निरिक्षक श्रवण कुमार थापको टोली खटाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रामपुर नगरपालिका ७ डुम्रीगाउँका ३८ वर्षिय यम बहादुर सारु, सोही ठाउँका २९ वर्षिय राम बहादुर श्रेष्ठ, ३८ वर्षिय ओम बहादुर मश्राङ्गी, ४२ वर्षिय झविलाल बिक र ४० वर्षिय चेत बहादुर मल्ल रहेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याईएको र थप अनुशन्धान गरि जुवा ऐन अन्र्तगत मुद्दा चलाईने तयारी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया