पाल्पा । विश्वभर फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको सम्भावित खतराबाट बचनका लागि पाल्पाका स्थानीय तहहरु पूर्वतयारीमा जुटेका छन् ।
यसैबिच तानसेन नगरपालिकाले सचेतनामुलक कार्यक्रमका साथै छुट्टै हेल्प डेक्स बनाएर बिरामीसंग हटलाईन सेवा सुरु गरेको छ । जिल्ला सदरमुकामा रहेको तानसेन नगरपालिका सिदार्थ राजमार्गसंग जोडिएको हुदाँ पनि भारतबाट आउने नागरिकसंगको सिधा सम्पर्क हुने भएकाले छुट्टै हेल्प डेक्स बनाएर सेवा सुचारु गरेको तासेन नगरपालिकाका स्वास्थ्य संयोजक झबिन्द्र न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार ‘अब कुनेपनि सामान्य घाखोकी लागेका बिरामीले सिधै अस्पताल जानुभन्दा पहिले तानसेन नगरपालिकाको स्वास्थ्य शाखामा फोन सम्र्पक गरेर आफ्नो रोगको बारेमा जानकारी लिन सक्ने भएका छन ।’
स्वास्थ्य शाखाले कोरोना समबन्धी लक्ष्णका आधारमा बिरामीलाई तोकिएको अस्पतालमा सुरक्षित तरिकाले उपस्थित गराई उपचारको समेत व्यवस्था गरेको न्यौपानेले बताए ।
नगरपालिकाले पालिका र वडा स्तरीय समिति गठन गरेर सबै कर्मचारी र जनप्रतिनिधीहरुलाई समेत सचेतनाका लागी कदम चालेको छ । कोरोना संक्रमित बिरामीको पहिचान गरी छुट्टै उपचारका लागि समेत नगरपालिका तयारीमा जुटेको छ ।
रोजगारीका लागि जिल्लाका अधिकांश मानिसहरु भारतमा जाने भएको हुदाँ त्यहाँबाट आउने मानिससंगै भाईरसको संक्रमण भित्रिन सक्ने संभावनालाई मध्यनजर गरेर छुट्टै डेक्स बनाईएको तानसेन नगरपालिकाले जनाएको छ ।
यस्तै रिब्दीकोट गाउँपालिकाले पनि पालिका भित्रका मास्क बितरण गरेको छ । स्थानीय स्तरमा मास्क वितरण तथा सचेतनामूलक प्रचाहरु वितरण गरेर जनतालाई सचेत बनाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिषीराम अर्जेलले जानकारी दिए ।
पाल्पामा हालसम्म कुनै संक्रमित बिरामी नभेटिएपनि जिल्लाका तिन ठूला अस्पतालले आईशुलेशन वार्ड निर्माण गरि पूर्ण तयारीमा जुटेका छन भने जिल्लामा हाल कुनैपनि ठूला सभा समारोह नगरी सबै जनप्रतिनिधीहरु कोरोनाको सचेतना वृद्धिमा जुटेका छन ।