नेपालमा एक युवतीमा देखियाे काेराेना पाेजेटिभ

काठमाडौं । नेपालमा एक जना बिरामीमा काराेना पाेजेटिभ देखिएकाे छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका छन।

फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक युवतीमा कोरोना पोजिटभ भेटिएकाे  स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

संक्रमित १९ बर्षिय युवतीकाे  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएकाे छ । उनका परिवारलाइ समेत क्वारेनटाइनमा राख्ने तयारी सरकारले गरेकाे पनि मन्त्री ढकालले जानकारी दिए ।

मन्त्रालयले  ५० वेडभन्दा बढी क्षमताका अस्पतालमा फिवर क्लिनिक स्थापना गर्ने निर्णय गरेको छ । भने अन्य नियमित फलोअपमा  अाउने बिरामीलाई सकभर अस्पताल नजान पनि आग्रह गरेको छ ।

मन्त्रालयले जो कोहिलाई पनि कोरोनाको संक्रमण हुन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer