नेपालमा तेस्राे काेराेना बिरामी भेटिए, ६८४ को रिपोर्ट नेगेटिभ

काठमाडौं । नेपालमा कोरोना भाइरस नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुना काेराेना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आफ्नो वेवसाइटमा कोरोना संक्रमितको संख्या तीन पुगेको उल्लेख छ । जसमा एक जना पूर्ण रुपमा निको भएका छन् भने दुई जनाको उपचार भइरहेको  जनाएकाे छ ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । हाल ४ चैतमा फ्रान्सबाट नेपाल आएकी १९ वर्षीय युवतीमा पनि संक्रमण देखिएकाे थियाे भने बुधबार  थप एक जनामा काेराेनाकाे संक्रमण  भेटिएकाे हाे ।

नेपालमा हालसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया